महानगरपालिकाका ३२ वटै वडामा मौलिकता झल्किने, परम्परागत नेपाली शैली र एकै स्वरुपका भवन

काठमाडौं महानगरपालिकाका भित्रका ३२ वटै वडामा मौलिकता झल्किने, परम्परागत नेपाली शैली र एकै स्वरुपका भवन निर्माण गरिने भएका छन् ।

महानगरपलिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफ्नै कार्यकालमा ३२ वटै वडाका आफ्नै कार्यालय भवन निर्माण÷पुर्ननिर्माण कार्य सम्पन्न गर्ने नीतिलाई प्राथमिकता दिएका हुन् ।

वडा नम्बर २७ को भवन शिलान्यास गर्दै उनले २०७४ सालको स्थानीय निर्वाचनपछिको पहिलो कार्यपालिका बैठकले गरेको निर्णय अनुसार महानगरको केन्द्रीय र सबै वडाको आफ्नै कार्यालय भवन निर्माण गर्ने निर्णयलाई अन्तिम रूप दिन लागेको बताए ।

‘महानगरपालिकाले जीर्ण अवस्थामा रहेका भौतिक संरचनालाई अहिलेको आवश्यकता अनुसार सेवामैत्री बनाउने र जहाँ भवन छैनन् त्यहाँ नयाँ भवन निर्माण गर्ने नीति नै लिएको थियो। पहिलो बैठकबाट गरेको त्यो निर्णय अहिले हाम्रै कार्यकालमा कार्यान्वयनको चरणमा छ,’ उनले भने ।

मेयर शाक्यले भन,े त्यही नीति अनुसार अघि बढ्दा जनप्रतिनिधि मात्रै होइन सेवाग्राही पनि खुशी भएको बताए । ‘हामीले कतै नयाँ भवन निर्माण गरेका छौं । कतै तला थपेका छौ । अनि कतै सार्वजनिक र केही आफ्नै स्वामित्वमा रहेका जग्गामा भवन निर्माण गरिरहेका छौं । केही ठाउँमा स्थानीयसँग सहकार्य गरेर पनि अघि बढेका छौं, ।

उनले अहिलेको कार्यकाल संस्कृति सम्पदा बचाउने र सम्पदा निर्माण–पुर्ननिर्माणका लागि स्वर्णयुग भएको पनि स्मरण गराए । ‘मूर्त–अमूर्त सम्पदा बचाउन र सम्पदा निर्माण–पुर्ननिर्माणका लागि हाम्रो कार्यकाल स्वर्णयुग हो,’ शाक्यले भने, ‘अहिले जति सम्पदा निर्माण–पुर्ननिर्माणको काम यस अघि भएको थिएन । हामी गौरवका साथ भन्न सक्छौं । हाम्रो पालामा जति सम्पदा निर्माण, पुर्ननिर्माणको काम यस अघिका जनप्रतिनिधिबाट भएको थिएन ।’

प्रमुख शाक्यले वडा नम्बर ३, ४, ९, १४, १८ र २६ ले नयाँ भवनबाट सेवाग्रहीलाई सेवा सुरु गरेको जानकारी दिए।

‘वडा–२, ६, १२, १६, २०, २१, २२, ३१ को निर्माण कार्य भैरहेको छ,’ उनले भने, ‘५, ७, १०, १५, १७, ३२ को तला थपेर सञ्चालनमा छन् ।’

शाक्यले वडा ८ र ११ को खरिद प्रक्रिया अघि बढेको जानकारी दिए । ‘वडा–२७ को आज शिलान्यास भयो । २९ र ३० को जग्गा खरिद प्रक्रिया अघि बढेको छ ।’

उनले वडा–१९ को जग्गा खरिद प्रक्रियामा केही समस्या भएकाले ढिलाई भइरहेको भन्दै वडा–१३, २४ र २५ बन्न बाँकी रहेको बताए । महानगरपालिकाले दिएको जानकारी अनुसार २८ को भवन निर्माणका लागि जग्गा खोजिरहेको छ भने वडा–२३ भाडामा सञ्चालित छ ।

शाक्यले अहिले जति पनि वडा कार्यालय भवन बनेका छन् ती मेयर, उपमेयर वा वडाध्यक्ष– सदस्यका लागि नभई स्थानीय जनताका भएको पनि बताए ।

‘हामीले हाम्रो जिम्मेवारी पूरा गरेका छौं। हामी कहिले काही मेयर वा वडाध्यक्षका पालामा बनाएपछि उसैको हुने हो कि भन्ने भ्रममा पर्ने गर्छौ,’ उनले भने, ‘जुनसुकै वडा कार्यालय बन्दा मेयर वा वडाध्यक्षले हाम्रो पालामा काम सम्पन्न गर्न पायौं भन्ने आत्मसन्तुष्टि मात्रै लिने हुन् । सेवा–सुविधा त स्थानीयले लिने हो नि?’

शाक्यले काठमाडौं महानगरपालिकाले सबै वडा भवन निर्माण गर्दा मौलिकता झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण गरिरहेको पनि जानकारी दिए ।

‘हामीले निर्माण गरेका र गर्ने तयारी गरेका सबै वडा भवनको बाहिरी स्वरुप एकै खालको र मौलिकता झल्किने हुनेछ,’ उनले भने, ‘भवन परम्परागत नेपाली शैलीको भए पनि भित्र सेवाग्राहीको सेवालाई ध्यानमा राखेर निर्माण गरिरहेका छौं ।’

देशभर करिब १२ हजार घरपरिवारलाई लालपूर्जा वितरण

सरकारले देशभरिका गाउँब्लकमा रहेका नागरिकलाई जग्गाधनी पूर्जा वितरणको अभियान सञ्चालन गरेको छ । सोही अभियानअन्तर्गत हालसम्म देशभर करिब १२ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ ।

सरकारले चितवन, सप्तरी, महोत्तरीलगायत जिल्लाका गाउँ ब्लकमा रहेकालाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिसकेको छ । केही दिन अघि भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सो क्षेत्रमा पुगेर जग्गाधनी प्रमाण पूर्जा वितरण गरेकी थिइन् ।

महोत्तरीको रामगोपालपुुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउँपालिकाको गाउँ ब्लकमा रहेकालाई जग्गाधनी पूर्जा वितरण गरिएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।

यसैबीच मन्त्री श्रेष्ठले चितवनको इच्छाकामना गाउँपालिको गाउँब्लकमा रहेका ३६ भू्मिहिनलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेकी हुन् । जग्गाधनी पूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले भूमिसम्बन्धी समस्या समाधानका लागि सरकार लागि परेको बताएकी थिइन् ।

उनले भूमिहिन दलित, सुकुुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न स्थानीय तहसँग सम्झौता गरेर काम अगाडि बढाइएको बताए । २०२१ सालयता नापी हुँदा गाउँब्लकका रुपमा रही आफ्नो घर जग्गाको लालपूर्जा पाउन नसकेकालाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न थालिएको उनको भनाइ छ ।

यसैबीच आजै भूमि, व्यवस्थामन्त्री श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोग र इच्छाकामना गाउँपालिकाबीच भूमिहीन दलित, सुकुम्वासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासको व्यवस्थापन सम्बन्धमा कार्य सहमतिपत्रमा हस्ताक्षरसमेत भएको छ ।

आयोगले यसअघि ६८ वटा स्थानीय तहसँग भूमिहीन दलित र सुकुम्वासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासको व्यवस्थापन सम्बन्धमा कार्य सहमतिपत्रमा हस्ताक्षर गरी काम सुरु गरिसकेको छ ।

घर बनाउदा ध्यान दिनु पर्ने वास्तु सम्बन्धी १७ तथ्य

वास्तुशास्त्र प्राचीन विज्ञान हो । यजुर्वेदको स्थापत्य अध्यायमा वास्तु शिल्पशास्त्रको बयान छ । वास्तु शिल्पशास्त्रलाई दुई भागमा बाँडिएको छ( देवशिल्प र मानवशिल्प । देवशिल्पमा मठमन्दिर, यज्ञशाला आदि धार्मिक संरचना निर्माण विधि सुझाइएको छ भने मानवशिल्पमा आवासीय भवनका विभिन्न कक्षहरू बनाउँदा ख्याल गर्नुपर्ने दिशा र कोणहरूबारे उल्लेख छ । मानव शिल्पले घर कसरी निर्माण गर्नुपर्छ भन्ने सिकाउँछ । वास्तुशास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ । यस्तो घरमा बस्दा उत्साह, उमङ्ग र उल्लासको अनुभूति हुन्छ्र । वास्तुशास्त्रले घरको कुन भाग कस्तो हुनुपर्छ भन्ने जानकारी दिन्छ ।

‘वास्तुशास्त्र’ एउटा आर्किटेक्चर प्रणाली हो जसले ‘वास्तुशास्त्र’का सिद्धान्तहरुलाई प्रयोग गरेर भवन, घर, अफिस, स्कूल जस्ता संरचनाहरुको लेआउट तयार पार्न मद्दत गर्छ । यसलाई दिशाहरुको विज्ञान पनि मान्न सकिन्छ जसले प्रकृतिको पञ्चतत्व – पृथ्वी, जल, अग्नि, वायु र ब्रहमाण्डलाई मानिस र वस्तुहरुमा सन्तुलित गर्छ । वास्तुशास्त्रमा विशेष गरी हिन्दू मन्दिरहरूका साथै विभिन्न घर, सहर, बगैंचा, सडक, पसल लगायत अन्य सार्वजनिक क्षेत्रहरुको योजना, डिजाइन र निर्माणका विषयमा लेखिएको छ ।

वास्तुअनुसार विभिन्न दिशाहरुमा विभिन्न देवताहरुको अधिकार हुन्छ जस्तै दक्षिण–पूर्व दिशामा अग्नि देवको अधिकार हुन्छ जसले गर्दा दक्षिण–पुर्वमा भान्छा राख्नु उपयुक्त हुन्छ । तर धेरै सिद्धान्तहरु साधारण अर्थमा बुझिने सामान्य वायु संचार (खभलतष्बितष्यल), सूर्य किरणको मात्रा, आदि जस्ता कुरासँग सम्बन्धित छन् ।
वास्तुशास्त्र अनुसार हरेक जमिनको अथवा भवनको टुक्रामा आफ्नै एउटा आत्मा हुन्छ र त्यो आत्मालाई ‘वास्तु पुरुष’ नाम दिइएको छ । हरेक वास्तु घरमा कम्पाउन्ड वाल हुनुपर्छ जहाँ भित्र वास्तु पुरुषलाई राखिन्छ र वास्तु मण्डला अनुसार विभिन्न किसिमका घरहरु बनाइन्छ । अन्धविश्वासको रुपमा लिइने वास्तुशास्त्रलाई अहिलेको आधुनिक युगमा आर्किटेक्चर शाखामा एउटा दिशानिर्देश र अवधारणाका रुपमा मात्र लिइने गरिएको छ ।

शान्ति, धन, समृद्धि र सकारात्मक उर्जा भित्र्याउने उद्देश्यले आर्किटेक्चरमा वास्तुको प्रयोग गरिन्छ । वास्तु प्रयोग नगरिएका भवनहरूमा पैसाको क्षति, स्वास्थ्यमा समस्या र कहिलेकाहिँ निवासीको असामान्य मृत्यु हुनसक्ने स्थिति देखिएको छ ।

वास्तुशास्त्रको आधार

मूल ढोका
कुनै पनि घरको मुख्य प्रवेशद्वार अत्यन्त सुशोभित हुनु वास्तुका दृष्टिकोणले राम्रो मानिन्छ । यसले प्रतिष्ठा बढाउँछ । प्रमुख प्रवेशद्वार अन्य ढोकाभन्दा अग्लो तथा ठूलो हुनुपर्छ । प्रवेशद्वारमा तोरण बाँध्नुपर्छ । यसो गर्दा देवी–देवता खुसी भइ घरमा बास बस्न आउँछन् । पर्खालको पूर्व र उत्तरतर्फ प्रमुख गेट भए समृद्धि र ऐश्वर्य प्राप्त हुन्छ । ढोका राम्रोसँग खुल्ने तथा कुनै आवाज ननिस्कने हुनुपर्छ । घरको कुनै पनि ढोका धरातलभन्दा तल हुनुहुँदैन । ढोका नैऋत्य र वायव्य कोणमा बनाउनुपर्छ । ढोका आफै खुल्ने–बन्द हुने राम्रो मानिन्न ।

पूर्व दिशा
यो दिशामा खुला स्थान तथा प्रवेशद्धार भयो भने गृहस्वामीको उमेर लामो, मान–सम्मान तथा सुख–शान्ति प्राप्त हुन्छ । यो दिशा भूमिको तल्लो भागमा हुनुपर्छ । बरन्डा, ढोका, झ्याल, बास बेसिन आदि यो दिशामा बनाउनुपर्छ । बालबालिकाहरूले यो दिशातर्फ फर्केर अध्ययन गरे सकारात्मक परिणाम आउँछ । पूर्वमा वास्तु दोष भए सूर्ययन्त्रको स्थापना गर्नुपर्छ । सूर्यलाई अघ्र्र्य दिनुपर्छ । सूर्यको उपासना गरी पूर्व ढोकामा मंगलकारी तोरण झुन्डाउनुपर्छ ।

दक्षिण–पूर्व दिशा
यसलाई आग्नेय भनिन्छ । यो दिशामा अग्निसँग सम्बन्धित कार्य गर्नुपर्छ । किचन, ट्रान्सर्फमर, जेनेरेटर आदि यो दिशामा राख्नुपर्छ । यसका साथै यो दिशामा काम गर्नेको कोठा, ट्वाइलेट आदि बनाउन सकिन्छ । यसमा वास्तु दोष भए मंगलका लागि ढोकामा मंगलकारी यन्त्र राख्नुपर्छ । ढोकाको बाहिरी एवं भित्री भागमा हरियो रंगको गणेश स्थापना गरी गणेशको पूजा गर्नुपर्छ ।

दक्षिण दिशा
यो दिशा पनि सकेसम्म खुला भएको राम्रो । यो ठाउँमा कुनै प्रकारको खाल्टो अथवा चर्पी हुनुहुँदैन । यो दिशामा भवन अग्लो ठाउँमा छ भने गृहस्वामीलाई सुख, समृद्धि र निरोगी राख्छ । यो दिशा धन राख्न उपयुक्त मानिन्छ । दक्षिण दिशामा वास्तुदोष छ भने घर वा ढोकामा मंगलकारी तोरण झुन्डाउनुपर्छ । यहाँ गणेश पनि झुन्डाउन सकिन्छ । यहाँको वास्तु दोष मेट्न हनुमान तथा भैरवको उपासना लाभदायक हुन्छ ।

दक्षिण–पश्चिम दिशा
यो दिशालाई नैऋत्य भनिन्छ । परिवारको मुलीको कोठा यही दिशामा हुनुपर्छ तर भुलेर पनि काम गर्नेहरूको बस्ने कोठा यो दिशामा बनाउनुहुँदैन । मेसिन तथा क्यास काउन्टर पनि यही दिशामा बनाउनुपर्छ । यो दिशालाई खुल्ला छाड्नुहुँदैन । यहाँ झ्याल बनाउनुहुँदैन । वास्तु दोष भए घरमा राहुयन्त्र स्थापना गरी पूजा गर्नुपर्छ । प्रवेशद्वारमा सुन्तला रंगको गणेश स्थापना गर्नुपर्छ ।

पश्चिम दिशा
यो दिशामा भवन वा भूमि तुलनात्मक रूपमा अग्लो भए घरका सबै सदस्यले सफलता र यश प्राप्त गर्छन् । भोजन कक्ष, शौचालय आदि यो दिशामा बनाउनुपर्छ । पश्चिममा वास्तु दोष भए घरमा वरुणयन्त्र स्थापना गर्नुपर्छ । शनिबार व्रत बस्नुपर्छ ।

उत्तर–पश्चिम दिशा
यसलाई वायव्यकोण पनि भनिन्छ । वायव्य कोणमा गोठ, बेडरुम, ग्यारेज आदि बनाउनुपर्छ । काम गर्नेहरूको कोठा पनि यही दिशामा हुनुपर्छ । वायव्यमा वास्तु दोष भए ढोकाको भित्री तथा बाहिरी भागमा सेतो गणेश वा श्रीयन्त्र स्थापना गर्नुपर्छ । घरमा चन्द्रयन्त्र राख्नुपर्छ ।

पूजाकोठा
घरमा कुलदेवताको चित्र हुनु अत्यन्त शुभ मानिन्छ । यसलाई पूर्व वा उत्तर भित्तामा झुन्डाउनुपर्छ । पूजाघरको द्वार टिन वा फलामको हुनुहुँदैन । आश्विन महिनामा दुर्गा माताको मन्दिर स्थापना गर्नु शुभ मानिन्छ । यसबाट पुण्य प्राप्त हुन्छ । घरमा एक बित्ताभन्दा ठूलो पत्थरको मूर्ति स्थापना गर्नाले गृहस्वामीलाई सन्तान प्राप्त हुँदैन । पूजा कोठा शयन कक्षमा बनाउनुहुँदैन । पूजाकोठा शौचालयको ठीक माथि वा तल हुनुहुँदैन । घरमा शिवलिङ्ग, तीन गणेश, दुई शंख, दुई सूर्यका प्रतिमा, तीन देवीका प्रतिमा, दुई गोमती चक्र र दुई शालिग्रामले गृहस्वामीमा अशान्ति ल्याउँछन् । पूजाकोठाको रंग हलुका क्रिम तथा सेतो हुनुपर्छ । भगवानको तस्बिर वा मूर्ति नैऋत्य कोणमा राख्नुहुँदैन । यसले काममा अवरोध उत्पन्न गर्छ ।

भान्सा कोठा
भान्सामा तीनवटा पिर्का राख्नुहुँदैन । यसले घरमा झगडाको वातावरण निम्त्याउँछ । भान्सामा कहिल्यै रुनुहुँदैन । यसो गर्दा बिरामी पर्न सकिन्छ । खाना पकाउने ग्यास पूर्व दिशामा हुनुपर्छ । यदि भान्सा आग्नेय वा वायव्य कोणलाई छोडेर अन्य कोणमा भए वर्नरको स्थिति आग्नेय कोणमा हुनुपर्छ । भान्साको पवित्रता तथा स्वच्छता कुनै मन्दिरको भन्दा कम हुनुहुँदैन । यसो गर्दा माता अन्नपूर्णको कृपा सधैं रहन्छ । भान्सा घरको दक्षिण–पूर्वी क्षेत्रमा बनाउनु उत्तम मानिन्छ तर ठाउँ नभए उत्तर–पश्चिममा पनि निर्माण गर्न सकिन्छ ।

भोजन कक्ष
खानपिन कक्षको रंग हलुका हरियो तथा नीलो बनाउनुपर्छ । पूर्व फर्केर खाना खाँदा मानिसको उमेर बढ्छ । दक्षिण फर्केर खाना खाँदा प्रेतत्व प्राप्ति हुन्छ । पश्चिम मुख गरी खानाले मनुष्य रोगी बन्छ । उत्तर फर्केर खाँदा आय तथा धन प्राप्ति हुन्छ ।

शयन कक्ष
शयन कक्ष पूजा गर्ने स्थानमा हुनुहुँदैन । शयनकक्ष पूर्व हुनुलाई शुभ मानिन्छ । यसले नियन्त्रण शक्तिमा वृद्धि हुन्छ । धन–सम्पत्तिको चाहना राख्नेहरूले अन्न, गृह, गुरू, अग्नि र देवताको स्थानमाथि सुत्नुहुँदैन । अन्न भण्डार, गौशाला, गुरूस्थान, भान्सा र मन्दिर सुत्ने कोठामाथि बनाउनुहुँदैन । शयनकक्ष नैऋत्यदेखि आग्नेय तथा नैऋत्यदेखि वायव्यतर्फ नै बनाउनुपर्छ । घरका अग्रजहरूको कोठा पश्चिम–दक्षिणतर्फ बनाउनुपर्छ । आफूभन्दा सानाको कोठा पूर्व वा उत्तरतिर बनाउनुपर्छ । यसो गर्दा सम्बन्धमा सहजता उत्पन्न हुन्छ । सधै पूर्व वा दक्षिणतर्फ सिरानी गरी सुत्नुपर्छ । पूर्वतर्फ शिर गरेर सुत्नाले विद्या प्राप्त हुन्छ । दक्षिणतर्फ शिर गरी सुत्दा धन तथा आयु वृद्धि हुन्छ । पश्चिमतर्फ शिर गरी सुत्दा चिन्ता बढ्छ । उत्तरतर्फ शिर गरी सुत्दा आयु घट्छ ।

शौचालय
इशान कोण शौचालयका लागि अशुभ मानिन्छ । यसले जीवनमा कुनै न कुनै बाधा उत्पन्न गराउँछ । शौचालयमा मार्बल लगाउनुहुँदैन । शौचालयको भित्ता र टायल्सको रंग आफ्नो चाहनाअनुरूप राख्न सकिन्छ ।

घरमुली भए
घरको नैऋत्य कोण शयनकक्षका लागि शुभ मानिन्छ । यो कोणमा घरको ठूलो स्टोर हुनुपर्छ । सुत्दा सिरानी दक्षिण वा पूर्वतिर हुनुपर्छ । घर एकतल्ले भन्दा बढी भए गृहस्वामीको कोठा सबैभन्दा माथि निर्माण गर्नुपर्छ ।

बाल बालिका कक्ष
बालबालिकाहरूको शयनकक्ष पूर्व वा इशान कोणमा हुनुलाई शुभ मानिन्छ अध्ययन भवन, सभा र पठनपाठनका लागि यो क्षेत्र शुभ मानिन्छ ।

पाहुना कोठा
पाहुनाका लागि बनाइने स्थान उत्तर–पश्चिम वा त्यसको आसपास हुनुपर्छ ।

व्यक्तिगत कोठा
संगीत वा नृत्य साधना आदिका लागि अलग स्थान बनाउन नसकिए दक्षिण–पूर्वमा बनाउनुपर्छ । मनोरञ्जन कक्ष दक्षिण वा पश्चिम नैऋत्यको नजिक बनाउनुपर्छ ।

 

वडाध्यक्षले भत्काए गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गरी बनाइएको ड्रेन

शुक्लाफाँटा नगरपालिका–८ बेलडाँँडीमा गुणस्तरहीन सामग्रीको प्रयोग गरी ड्रेन निर्माण गरिएको पाइएको छ ।

बन्साहा, कलुवापुर, दोमिल्ला जोड्ने सडकखण्डअन्तर्गतको बेलडाँडीमा सडक किनारामा निर्माण भइरहेको ड्रेनमा कमसल खाले बालुवा, इँटा र सिमेन्टको मात्रा तोकिएको मापदण्डअनुरुप राखेको नपाइएपछि वडाध्यक्ष बहादुर महराले सम्बन्धित सरोकारवालाको रोहवरमा ड्रेन भत्काएका हुन् ।

सन्तोष थेगिम जेभी नामक निर्माण कम्पनीले ठेक्का प्रक्रियामार्फत ड्रेनसहितको सडक निर्माण गरिरहेको छ ।

वडाध्यक्ष महराले भने, पटक–पटक गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरी तोकिएको समयमा निर्माण सम्पन्न गर्न आग्रह गर्दा निर्माण कम्पनीले जिम्मेवारीपूर्वक काम अगाडि बढाएन र वभिन्न बहानाबाजी गर्दै अटेरी गर्दै आएको छ । निर्माणमा ढिलासुस्तीसँगै कमसल निर्माण सामग्री प्रयोग गर्न थालेपछि बाध्य भएर ड्रेन भत्काएका छौँ ।

निर्माण समयमै सञ्चालन गरी तोकिएका मापदण्ड समयसीमा र गुणस्तरयुक्त कार्य गर्ने निर्माण व्यवसायीको सम्मान गर्दछौँ । निर्माण व्यवसायीको प्रतिष्ठा र निर्माण व्यवसायको बदनामी हुने कार्यमा संलग्न निर्माण व्यवसायीलाई प्रचलित कानुनअनुसार कारबाहीका लागिसमेत माग गरेका छौँ, उनले भने । निर्माण कम्पनीका प्रतिनिधि नारायण कँडेलले भने ड्रेनलगायत निर्माणमा गुणस्तरीय निर्माण सामग्रीको प्रयोग भइरहेको दाबी गरेको छ ।

सडक निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग गरेको पाइए निर्माण व्यवसायीलाई कारबाही हुन्छ, भौतिक पूर्वाधार कार्यालय कञ्चनपुरका सूचना अधिकारी हेमराज भट्टले भने, अनुगमन गर्छौँ, ठेक्का सम्झौताबमोजिमको काम गरेको हुनुपर्छ । त्यसविपरीत गरिएको छ भने कारबाही हुन्छ ।

आव २०७७÷७८ मा बन्साहा, कलुवापुर, दोमिल्ला जोड्ने सडकका लागि सुदूरपश्चिम सरकारको भौतिक पूर्वाधार कार्यालय महेन्द्रनगरले रु ११ करोड ६३ लाखमा ११ किलोमिटर सडक निर्माणका लागि ठेक्का सम्झौता गरेको छ ।

राष्ट्रिय पुस्तकालय भवन बनाउन खुल्यो टेन्डर

काठमाडौँको जमलमा नेपाल राष्ट्रिय पुस्तकालयको भवन बनाउन टेन्डर आह्वान गरिएको छ ।

राष्ट्रिय पुस्तकालयले सूचना निकालेर भवन निर्माणका लागि टेन्डर आव्हान गरेको हो । ३० दिनसम्म निर्माण कम्पनीले टेन्डरको निवेदन दिन सक्ने पुस्तकालयका प्रमुख दशरथ मिश्रले बताएका छन् ।

सूचनामा भनिएको छ, निर्माण कम्पनीले टेन्डरको निवेदन दिने टर्नओभर ५४ करोड १४ लाख ५ हजार हुनुपर्ने छ । सेक्युरिटी भने २ करोड ९ लाख ३४ हजार ५ सय राख्नुपर्नेछ । टेन्डर परिसकेपछि २ वर्ष भित्र बनाइसक्नुपर्नेछ ।

मिश्रका अनुसार ७४ करोडको हाराहारीमा भवन बन्ने छ । २०७२ को भूकम्प पछि पुस्तकालय रहेको साबिकको हरिहर भवन ध्वस्त भएको थियो । अहिले नेपाल राष्ट्रिय पुस्तकालय अस्थायी रूपमा मानव स्रोत तथा विकास केन्द्र सानोठिमी भक्तपुरमा रहदै आएको छ ।

पत्याउनुहुन्छ, कोठाभाडा भन्दा पनि सस्तो सटर भाडा

तपाईं भाडामा बसिरहेको कोठाको मासिक भाडा कति तिर्नुहुन्छ ? ४ हजार ? ५ हजार ? वा ६÷७ हजार ?

नेसनल बिजनेश ट्रेड सेन्टर (एनबीटीसी) ले कलंकीमा सञ्चालनमा ल्याएकोे सपिङ कम्पलेक्समा भने मासिक तीन हजार रुपैयाँ देखिनै सटर भाडामा लिन पाइन्छ । त्यो पनि एक÷दुई महिनाको लागि होइन, पूरा दुई वर्ष सम्मको लागि ।

यो कम्प्लेक्स रहेको ठाउँ वरपर सामान्य कोठाको भाडा नै पाँच हजार रुपैयाँ भन्दा बढी लिने गरेको पाइन्छ ।

तर कोभिड महामारीका कारण व्यवसायमा असर परे पनि व्यापारीलाई अफ्ठेरो नपरोस भनेर दुई वर्षसम्म ७० प्रतिशत भाडा छुट दिएका कारण एनबीटीसीको सटर भाडा भने वरपर पाइने कोठाको भाडा भन्दा पनि सस्तो भएको हो ।

दुई वर्षपछि पनि सटरको भाडा धेरै महँगो पर्ने देखिन्न । प्रतिवर्ग फिटर १ सय २० रुपैयाँ देखि २ सय रुपैयाँसम्म मात्रै भाडा रहेकोले १ सय वर्गफिटको सटरको भाडा १२ देखि २० हजार रुपैयाँ सम्म मात्रै पर्छ ।

सञ्चालनमा रहेका मध्य नेपालकै सबैभन्दा ठूलो होलसेल कम्पलेक्समा एक हजार सटर छन् । त्यो मध्ये कम्पलेक्समा करीब तीन सय सटर खाली रहेको बताइएको छ ।

उक्त कम्पलेक्स न्युरोडका होलसेल व्यवसायीहरु मिलेर बनाएका हुन् र यो सञ्चालनमा पनि आइसकेको छ । सिनेमा हलसहितको कम्पलेक्समा खुद्रा व्यवसाय भने गर्न पाइदैन ।

कोभिडका विभिन्न भेरियन्टका कारण व्यवसाय विस्तारमा समस्या रहेको र तत्काल व्यवसाय नभएपनि व्यापारीलाई आर्थिक भार नपरोस भनेर २ वर्षसम्म कूल भाडाको ७० प्रतिशत छुट दिने निर्णय भएको एनबीटीसीका सञ्चालक चिरञ्जीवी पौडेलले बताएका छन् ।

यो बीचमा सबैकुरा ठिकठाक भएर राम्रै व्यापार भयो भने पनि कम्पनीले २ वर्षसम्म थप भाडा माग्दैन । पौडेलले भने, २ वर्षपछि भने सम्झौता गरिएको भाडामा ५ देखि १० प्रतिशतका दरले बढ्दै जान्छ ।

अहिले कम्पलेक्समा प्रतिवर्गफिट २०० रुपैयाँ पर्ने सटरको भाडा पनि जम्मा ६ हजार रुपैयाँ मात्रै पर्छ । २ वर्षसम्म मासिक ६ हजार रुपैयाँमा काठमाडौंका कुनैपनि ठाउँमा सटर नपाउने एनबीटीसीका व्यवस्थापक शैलेश चित्रकारले दावी गरेका छन् ।

नयाँ व्यवसाय गर्ने साथीहरुलाई पनि व्यवसाय गर्ने हिम्मत आओस भनेर २ वर्षसम्म ७० प्रतिशत छुट दिएको चित्रकारको भनाई रहेकोछ ।

‘कोभिडको बेलामा धेरै ठाउँमा घरबेटीले कोठाबाट निकालेको, सटर खाली गराएको समाचार सुनेका थियौं ।’ चित्रकारले भने, ‘महामारी कहिले सकिन्छ भनेर एकिन नभएको बेलामा नयाँ व्यवसाय शुरु गर्ने साथीहरु डराएका पनि हुन सक्छन् । त्यसकारण २ वर्षसम्म कोठाभाडा भन्दा सस्तो दरमा सपिङ कम्पलेक्सका सटर भाडामा दिएका छौ ।’

माटोले बनेका यी सामान राखेमा घर हुन्छ मालामाल

वास्तु प्राचीन शास्त्र हो तर आधुनिक समयमा यसको झन् धेरै महत्व बढ्दै गएको छ । भनिन्छ, वास्तु राम्रो भयो भने परिवारमा सुख हुन्छ । वास्तु ठीक भएन भने अनेक समस्या आउँछन् । घरको वास्तु ठीक पार्ने तपाईंले अनेक उपाय पढ्नु भएको होला यही कडीमा तपाईंहरुलाई हामी धनको समस्यबाट मुक्त हुने सजिलो तरिका बताउँछौँ ।
पैसा यस्तो चिज हो जो सबैलाई चाहिएको छ । हामी हरदिन यही कमाउन दौडधुप गरिरहेका छौँ । यस्तोमा यदि तपाईंले घरमा माटोले बनेका सामान राख्नु भयो भने पैसाका कारण हुने समस्या भोग्नु पर्दैन ।

माटोको घडा
वास्तुअनुसार हरेक घरमा माटोको घडा हुनु शुभ मानिन्छ । आधुनिक समयमा महंगो सामान राख्ने होडबाजीमा हामी अरु अरु नै सामान राख्छौँ । माटोका भाँडा चाँडै फुट्ने डरले पनि हामी पानी पिउन होस् वा चलाउन अरु नै सामान चलाउँछौँ तर अरु सामानसँगसँगै एकाध सामान माटोको हुनु राम्रो हुन्छ । खासगरी यदि तपाईँ माटोको घडामा राखिएको पानी पिउनुहुन्छ भने यसका अनेक फाइदा छन् । माटोको भाँडाले पानी मात्र चिसो बनाउँदैन यो भाँडोमा रहेको पानीको प्रयोग प्लास्टिक वा अन्य धातुबाट बनेका सामानको प्रयोगभन्दा हितकारी हुन्छ ।

वास्तुको दृष्टिकोणबाट हेर्ने हो भने चाहिँ घरमा माटाका घडा रहनाले देवी देवताको कृपादृष्टि रहिरहन्छ । माटोका भाँडामा देवी देवता बस्ने विश्वास गरिन्छ । जहाँ भगवानको बास हुन्छ त्यहाँ कुनै समस्या हुँदैन । तर माटाका भाँडा राख्दा एउटा कुरा कहिलै पनि बिर्सनु हुन्न । त्यो के भने यस्ता भाँडा कहिलै पनि खाली राख्नुहुन्न । पानी नराख्ने हो भने पनि केही न केही कुरा अवश्य राख्नु । खाली छाड्दा शक्ति कम हुन्छ त्यसैले यस्ता भाँडा भरेर राख्नु ।

गमलामा फूल
वास्तुअनुसार घरमा माटोका गमलामा रुख बिरुवा रोप्नु शुभ मानिन्छ । यसो गर्नाले घरमा खुसी आउँछ, घरमा शान्ति आउँछ । साथै घरमा रुख बिरुवा रहँदा वातावरण पनि मनोरम हुन्छ । हरियाली देखेर चित्त शान्त हुन्छ र विचार सकारात्मक आउँछन् । यसले तपाईंको मानसिक तनाव कम हुन्छ र तपाईं मन लगाएर चिताएको काम गर्नसक्नुहुन्छ । यसले घरमा धनको कमी पनि हुनदिन्न ।

माटोको दियो
सहरमा आजभोलि माटोको दियो विशेष चाडपर्वमा मात्र किन्न पाइन्छ । दियो बाल्दा खासगरी तामाको भाँडा प्रयोग हुन्छ तर तपाईंले घरमा हरेक दिन साँझ बिहान तुलसीको मठमा माटोको दियो बाल्नु भयो भने घरमा नेगेटिभ इनर्जी पस्न पाउँदैन । दियोले दुष्ट शक्तिलाई पनि टाढा राख्ने काम गर्छन् । वास्तुअनुसार यसो गर्नाले पैसाको मात्रा पनि बढ्न थाल्छ ।

माटाको मूर्ति
माटोले बनेका देवी देवताको मूर्ति राख्नु पनि शुभ मानिन्छ । यसले तपाईंको धनसँग जोडिएको सबै दुःख नाश हुन्छन् । यसकारणले पनि घर भित्र वा बाहिर माटोले बनाएका भगवान राख्नु । यसले तपाईंलाई फाइदै फाइदा हुन्छ ।

जाडोमा घर कसरी न्यायो बनाउने ?

जाडोमा हामी बाहिर हिँड्दा लुगाको जोहो गर्छौँ । बस्दा पनि सकभर तातो लुगा लाएर नै बस्छौँ । खानामा पनि गेडागुडी र माछा मासु खाना जोड गर्छौँ । तर त्योबाहेक पनि थुप्रै ध्यान दिनुपर्ने कुराहरू हुन्छन् जसलाई ध्यान दिन सकियो भने कमसेकम घर बस्दा स्यिऊ स्यिऊ गरेर बस्नु पर्दैन । हामीले वुद्धि पुर्यायौँ भने आफू बस्ने कोठा नै न्यायो पार्न सक्छौँ त्यो पनि कम खर्चमा ।

इन्टेरियर डिजाइनर तृप्ति महर्जनका अनुसार जाडोमा घरलाई न्यानो बनाउन विशेष किसिमको लुक्स दिन जरुरी छ । त्यसका लागि झ्याल वा ढोकामा डबल ग्रेडिङ गर्नुपर्छ । यसमा दुईवटा सिसा राखिएको हुन्छ । एउटा सिसा राखेपछि अर्को सिसाबीच थोरै ग्याप राखिएको हुन्छ । भित्ताबाट चिसो आउने भएकाले वाल फर्म राख्न सकिन्छ । फल्स सिलिङ पनि कोठालाई न्यानो बनाउने राम्रो उपाय हुनसक्छ । भुइँबाट चिसो आउने भएकाले पछिल्लो समय कोरियन प्रविधिको हिटिङ लोरिङ सिस्टम बजारमा उपलब्ध छ । यो सिस्टमअन्तर्गत विद्युतीय सामग्री पार्केटिङ मुनि ओछ्याइन्छ । जुन ठाउँ खुल्ला छ त्यहाँ यो उपयोगी हुन्छ । यसले भुइँलाई न्यानो बनाइराख्छ । त्यस्तै झ्याल र ढोकामा युभी÷भिसी लगाउन सकिन्छ । यसले चिसो हावा आउन दिँदैन । साथै यो साउन्ड प्रुफ पनि भएकाले बाहिरबाट आउने अनावश्यक ध्वनिलाई पनि रोक्छ । यी र यस्तै अन्य उपाय अपनाएर कोठालाई न्यानो बनाउन सकिन्छ । केही उपाय यहाँ प्रस्तुत छन् ।

पुरानो स्वेटरको उपयोग
घरमै भएको पुरानो स्वेटरको प्रयोग गरी घरलाई न्यानो लुक्स दिन सकिन्छ । जस्तो, सोफा, लो बेड, डाइनिङ चियर, बेडका लागि कुसन कभर, सिरानीको कभर, फुट म्याट, डेकोरेसन पिस, स्टुल कभर आदि बनाउन सकिन्छ । पछिल्लो समय हातले बुनेको कभर निकै चलेको छ । यसरी विभिन्न डिजाइनमा बुनेर सजाउन सकिन्छ ।

रंगको प्रयोग
मौसम परिवर्तन हुने बित्तिकै घरमा नयाँ रंगरोगन गरिरहनु सम्भव हुँदैन । तर, कुनै एक भित्तामा वा थोरै हिस्सामा रंग लगाएर घरलाई न्यानो लुक दिन सकिन्छ । सुन्तले, रातो, चकलेटी, नीलो, पहेंलो आदिगाढा रंग पनि प्रयोग गर्न सकिन्छ । यी रंगले न्यानो महसुस गराउँछन्  । भित्ताको रङसँग कुसन कभरको कन्ट्रास्ट गर्दा न्यानो महसुस हुनुका साथै कोठा पनि आकर्षक देखिन्छ ।

उचित फेब्रिक
मौसमअनुसार फेब्रिकको छनोट जरुरी हुन्छ । यो मौसममा पर्दा, बेडसिट, कुसन कभर आदि बाक्ला फेब्रिकको हुनुपर्छ । भेल्भेट र मखमल फेब्रिकका कुसन कभर जाडो मौसमका लागि उपयोगी हुन्छन् । तिनका अतिरिक्त कस्मिरी कढाई राख्न सकिन्छ । साथै सुन्तला रंग, रातो, बैजनी रंगको एक्सेसरिजको प्रयोग गर्न सकिन्छ ।

कुसन कभर
बेड वा सोफामा भिन्न–भिन्न रंगका कुसन राखेर घरलाई न्यानो लुक दिन सकिन्छ । यी कुसनले कोठालाई आकर्षक पनि देखाउँछन् । गर्मी महिनामा उज्यालो र हल्का फेब्रिकको कुसन प्रयोग गरिन्छ भने जाडोमा गाढा र बाक्लो फेब्रिकको कुसन कभर प्रयोग गरिन्छ । भेल्भेट वा फर भएको कुसन कभर घरलाई न्यानो लुक दिन उचित हुन्छ भने वुलनको कुसन कभर पनि पछिल्लो समय चल्तीमा छ । पुरानो स्वेटर वा बुनेर कुसन कभर बनाउन सकिन्छ ।

गलैंचाको प्रयोग
जाडोयाममा भुइँ एकदमै चिसो हुन्छ । जाडोबाट बच्नका लागि घरलाई न्यानो र सुन्दर बनाउन गलैंचा ओछ्याउन सकिन्छ । बजारमा हरेक आकार, डिजाइन र रंगका गलैंचा उपलब्ध छन् । पूरै घरमा सम्भव नभए पनि कुनै एक ठाउँ जहाँ धेरै समय बिताइन्छ, त्यहाँ ओछ्याउन सकिन्छ ।

कार्पेटिङ
भुइँको चिसोबाट बच्न बाक्लो कार्पेट ओछ्याउन सकिन्छ । कार्पेटको छनोट गर्दा कोठाको रङसँग मिल्ने हुनुपर्छ । वुलनको लोर म्याटले पनि घरलाई न्यानो र सुन्दर देखाउँछ ।

पार्केटिङ
बैठक कोठा, भ¥याङमा कार्पेट ओछ्याउनुभन्दा पार्केटिङ गर्न सकिन्छ । यसले घरलाई न्यानो बनाउनुका साथै कलात्मक देखाउँछ । पार्केटिङले कोठालाई प्राकृतिक लुक दिन्छ । यो सफा गर्न पनि सजिलो हुन्छ ।

प्रिन्टेड पर्दा
जाडो मौसममा सुती वा पारदर्शी पर्दा हटाएर बाक्लो पर्दा लगाउनुपर्छ । पातलो पर्दामा हावा छिर्ने भएकाले कोठा चिसो हुन्छ । कोठालाई आकर्षक लुक देखाउन बाक्लो पर्दामा फूलबुट्टा भएको वा प्रिन्टेड पर्दाको छनोट गर्न सकिन्छ । त्यस्तै गाढा रंगको पर्दाले कोठालाई न्यानो बनाउँछ ।

मैनबत्तीको प्रयोग
डाइनिङ टेबल वा बैठक कोठाको सेन्ट्रल टेबलमा विभिन्न डिजाइनका वासनादार मैनबत्ती राख्न सकिन्छ । साँझ मैनबत्ती बाल्दा कोठा सुन्दर मात्र होइन न्यानो पनि हुन्छ ।

बिरुवा रोप्ने
एरिका पाम वा क्रिसमस ट्री जस्ता ठूल्ठूला बिरुवा राम्रा गमलामा रोपेर कोठाको कुनै एक कुनामा राख्न सकिन्छ । त्यसमा रंगीबिरंगी बत्तीले सजाउँदा निकै सुन्दर देखिन्छ । यस्तो बत्तीले न्यानो महसुस गराउँछ । त्यस्तै, सयपत्री, पिटुनिया आदि रंगीबिरंगी फूलले घरलाई सुन्दर देखाउँछन् ।

 

घर जग्गा किन्न बैंकको ऋण चाहियो ?

काठमाडौं । घर जग्गा नहुनेका लागि नेपालमा सबैभन्दा ठूलो सपना हो, एक टुक्रो जग्गा जोड्ने वा घामपानी छेक्ने छत हाल्ने । तर हामी सबैसँग यति धेरै पैसा पनि छैन कि दुवै कुरा जोड्न सकियोस् । यसले हामी पुग्ने पैसा जम्मा गरेर मात्र जग्गा वा घर किन्ने सोच राखेर पैसा जम्मा गर्नमा जुनी काट्छौँ । तर अहिले तपाईंसँग भएको अपुग पूँजीले पनि घर वा जग्गा जोड्ने सपना पूरा गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले लिनुपर्नेछ, बैंकहरुको सहयोग ।
तर तपाई हामीजस्तो मध्यम आयस्तर भएकाले थोरै समझदारी अपनाउने हो भने बैंक तथा वित्तीय संस्थाको सहयोग लिएर आफ्नो घर वा जग्गा जोड्ने सपना साकार पार्न सक्छौँ ।
तर हामीले ऋण लिनका लागि केही महत्वपूर्ण प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ जुन हुँदा मात्र बैंकले ऋण पत्याउँछन् । बैंकबाट ऋण लिनका लागि के के कुरा चाहिन्छ, तल हामी बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।
धितो
ऋण दिनलाई सबैभन्दा पहिले बैंकले खोज्ने वस्तु हो धितो । ऋण लिनका लागि हामी बैंकमा हाम्रो केही न केही सामान राख्नैपर्ने हुन्छ । अन्यथा बैंकले ऋण पत्याउँदैनन् । घर वा जग्गा किन्नलाई पनि ऋण लिने हो भने सबैभन्दा पहिला तपाईंले धितोको जोहो गर्नुपर्ने हुन्छ । यो धितो किन्न लागेका जग्गा वा बन्न लागेको घर हुन्छ वा तपाईं आफ्नो स्वामित्व रहेको अर्को कुनै घर वा जग्गा राखेर पनि ऋण लिन सक्नुहुन्छ ।
घर वा जग्गा राखेर मात्र पनि बैंकले ऋण पत्याउँछन् भन्ने कुनै ग्यारेन्टी हुन्न । ऋण दिनलाई बैंकका पनि आफ्नै केही सर्तहरु हुन्छन् जुन पूरा हुँदा मात्र ऋणीलाई ऋण पत्याउँछन् । जस्तो कि तपाईंले धितो राख्ने जग्गा वा घर कम्तिमा ८ फिटको बाटोमा हुनुपर्छ । ८ फिटको पनि बाटो छैन भने ऋण लिने कुरा सोच्दै नसोच्दा हुन्छ ।
योबाहेक अरु सर्त पनि छन् जुन जान्न यो लेख पढ्नुहोस् र
आवश्यक कागजात
होम लोन बैंकहरुको सदाबहार स्किम हो । बैंकहरुले सकेसम्म सस्तोमा घर जग्गा ऋणको योजना अगाडि सारेको दाबी गर्छन् । यो देखेर हामीलाई लाग्नसक्छ, बैंकहरु ऋण दिन आतुर छन् दिइहाल्छन् नी । तर कागजातका ठेली बैंकलाई बुझाएपछि मात्र बैंकले ऋण दिने प्रक्रिया सुरु गर्छन् ।
धितो सम्बन्धी कागजातहरु

१. लालपुर्जा र राजिनामा पत्र

२. नापी विभागबाट ब्लु प्रिन्ट र देश म्याप, चार किल्ला, तिरो तिरेको रसिद र घरको कर तिरेको रसिद ।

३. नक्सा पास र घर निर्माण ईजाजत र स्विकृतीपत्र (घर निर्माण र घर खरिदको लागि)

३.घर खरिद गर्न कर्जा लिँदा–घर निर्माण सम्पन्न पत्र र सो अनुसार लालपुर्जामा कायम भएको घर ।

४.जग्गा धनी, ऋणी र जमानीकर्ता प्रत्येकको २ प्रतिफोटो र नागरिकताको प्रमाणपत्र ।

आयस्रोत देखाउँदा बैंकमा पेस गर्नुपर्ने कागजात

१. आम्दानी तलवको सर्टिफिकेट र तलव खाताको बैंक स्टेटमेन्ट ।

२. पेन्सन पट्टाको किताब र सम्बन्धी पेन्सन खाताको बैंक स्टेटमेन्ट ।

३. घरघाडाबाट आय भएमा घर भाडाको सहमतिपत्र आदि ।

४. फर्मको रजिष्ट्रेसन र प्यान र भ्याट दर्ताको प्रमाणपत्र ।

५. कर चुक्ताको प्रमाणपत्र ।

६. व्यक्ति वा फर्मको नाममा कुनै पनि बैंकमा रहेको खाताको बिगत कम्तिमा ६ महिना अगाडिदेखिको बैंक स्टेटमेन्ट ।

७. आर्थिक कारोबारको विवरणहरु । (वासलात र नाफा नोक्सान इत्यादि)

८. ५० लाख रुपैयाँ वा सो भन्दा माथिको घर कर्जा आवश्यक परेमा व्यक्तिगत प्यान सर्टिफिकेट ।

९. बैंकले आवश्यक ठानेका अन्य कागजातहरु ।

माथि उल्लेखित सम्पुर्ण कागजातका पूर्वतयारी गरेर बैंकमा घर जग्गा कर्जा आवेदन दिन गएमा बैंकले उचित मूल्यांकन गरी आवश्यक प्रक्रिया अघि बढाउँछ ।

ऋणीको योग्यता

नेपाल राष्ट्र बैंकले व्यक्तिगत कर्जा तथा आवधिक कर्जा प्रवाह गर्दा मासिक किस्ता भुक्तानीको २ गुना आम्दानी हुन पर्ने व्यवस्था गरेको छ । जसअनुसार ऋणी, निजको श्रीमान वा श्रीमती अथवा एकाघर परिवारका सदस्यको कुल आम्दानी गरी कर्जाको मासिक किस्ता भुक्तानी २ गुना पुग्नु पर्छ ।

तलबी र व्यवसायिक तथा अन्य आम्दानी) को हुन आउने रकम मासिक किस्ता रकमको कम्तिमा पनि २ गुना भए मात्र बैंकले कर्जाको प्रक्रिया अघि बढाउँछ ।

साथै बैंक तथा वित्तीय संस्थाले ऋणीको उमेरसमेत निर्धारण गरेको हुन्छ । जसमा बैंकअनुसार ऋणीको उमेरहद ६० वर्षदेखि ७० वर्ष तोकिएको हुन्छ भने नाबालिगको हकमा पनि बैंकले कर्जा दिँदैन ।

कर्जा भुक्तानीको अवधि

बैंक तथा वित्तीय संस्थाले आवासीय घर जग्गा निर्माण तथा खरिदको लागि प्रवाह गर्ने कर्जा भुक्तानीको अवधि तोकेको हुन्छ । जसमा बैंकले बढीमा २५ वर्षको लागि अधिकतम ३ सय किस्तामा भुक्तानी गर्ने गरी ऋण प्रवाह गर्ने गरेका छन् ।
तर सो किस्ता बैंकले तोकेको उमेर हदभन्दा अगावै तिरिसक्नु पर्ने हुन्छ । मानौं कुनै ५५ वर्षको व्यक्ति एक बैंकबाट ७५ लाख रुपैयाँ २० वर्षे घर कर्जा लिएको छ । तर बैंकले ऋणीको अधिकतम उमेरहद ६५ वर्ष तोकेको छ भने ऋणीले १० वर्षभित्र नै कर्जाको किस्ता भुक्तानी गर्नु पर्छ ।

घर जग्गा कर्जाको सीमा

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आवासीय घर निर्माणको लागि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले तोकेको सीमाभित्र रहेर बैंकहरु घर निर्माणको लागि नक्सा पास गरी इन्जिनियरले घर निर्माण गर्न अनुमान गरेको लागतको ८० प्रतिशतसम्म कर्जा दिन्छन् ।
यदि तपाईं बनिसकेको घर खरिद गर्नको लागि बैंकबाट कर्जा लिन चाहनु हुन्छ भने बैंकले घर जग्गा दुवैको मूल्यांकन गरेर सोको ७५ प्रतिशत कर्जा दिन्छ । साथै, घर निर्माणको लागि जग्गा खरिदमा गर्न जग्गा मूल्यांकनको ६० प्रतिशतसम्म कर्जा बैंकले दिन्छ ।

ब्याजदर निर्धारण

अहिले प्राय जसो बैंकहरुले घर जग्गा कर्जा योजना ल्याएका छन् । जसकारण घर जग्गा कर्जाको ब्याजदर अन्य कर्जाको तुलनामा सस्तो छ ।

तर बैंकबाट कर्जा लिने ऋणीले आवश्यक कागजात पुर्याएर कर्जाको लागि आवेदन दिँदा ब्याजदरमा मोलमोलाई गर्न सक्छन् ।

बैंक तथा वित्तीय संस्थाले जुनसुकै कर्जा प्रवाह गर्दा पनि आधारदर (बेसरेट) मा केही प्रतिशत प्रिमियम थप गरी प्रवाह गर्छन् ।
पास भएको कर्जा बैंकबाट भुक्तानीको प्रक्रिया
बैंक तथा वित्तीय संस्थाहरुले धितोको उचित मुल्यांकन गरी घर जग्गा कर्जा पास गरेपनि एकमुष्ट रुपमा कर्जाको रकम भने ऋणीलाई दिँदैनन् ।

ऋणीले घर बनाउन सुरु गर्नुभन्दा अगाडिबाट कर्जाको केही प्रतिशत ऋणीले बैंकबाट पाउँछ । त्यसपछि घर निर्माणको आवश्यक खर्चको मूल्यांकन गरी किस्तामा बैंकले कर्जाको रकम ऋणीलाई दिन्छ ।

यदि पास भएको ऋणको परिमाणभन्दा थोरै रकम घर बनाउन खर्च भएका सोही अनुसारकोे स्टेटमेन्ट बनाउँछ । पास भएको कर्जाको परिमाणभन्दा धेरै रकम घर बनाउन लागेमा आवश्यक मूल्यांकन र प्रक्रिया पूरा गरी बैंकले ऋणीलाई थप कर्जा दिन्छ ।

यस्तो बेडरुम जसले बनाउन सक्छ तपाईंलाई निसन्तान

घर बनाउँदा पछिल्लो समय वास्तुविद्लाई देखाउने प्रचलन बढेको छ । यस्तोमा हामी घरको मुख कता फर्काउने ट्वाइलेट कता बनाउने पूजा कोठा घरको कुन कुनामा राख्ने कुरा वास्तुविद्लाई सोध्छौँ र सल्लाहअनुसार गर्छौं पनि । तर कतिपय कुरा सोध्ने दिमागमा आउँदैन । तर यही कुराले हामीलाई समस्यामा पार्छ ।
आजभोलि भनेको बेलामा बच्चा नहुने समस्या व्यापक छ । कतिपय अवस्थामा विज्ञानले पनि बच्चा नहुने समस्याको समाधान दिन सकेको छैन । यस्तोमा तपाईंलाई आफ्नै घरमा राखेका सामानमा वास्तुअनुसार फेरबदल गर्नुभयो भने, तपाईंका धेरै समस्या हल हुन सक्छन् ।

ईशान कोणमा बेडरुम
उत्तर र पूर्व जहाँ आएर मिल्छन् त्यसलाई ईशान कोण मानिन्छ । यही ईशान कोण पूजा स्थानका लागि उत्तम मानिन्छ । ईशान कोणमा ईश्वरको प्रतिमा वा वेदका पुस्तक राख्नु राम्रो मानिन्छ । यहाँ बसेर पूजा गर्नाले तपाईं हाम्रा मनोकामना पूरा हुने विश्वास छ ।

यदि तपाईंको बेडरुम ईशान कोणमा छ र समागमको समयमा उत्तर र पूर्वमा हुनुहुन्छ भने सन्तान सुखका लागि समस्या हुनसक्छ । ईशान कोणमा जातकको बेडरुम रहन्छ भने वंशवृद्धिमा बाधा वा सन्तान भइहाल्यो भने पनि मानसिक समस्यासहित जन्मन सक्छ । त्यसैले तपाईंको बेडरुम ईशान कोणमा छ भने, तुरुन्तै परिवर्तन गर्नु लाभदायक हुन्छ । यसैगरी हामीले पूजा गर्ने ठाउँमा पूर्वजको फोटो पनि राख्न हुँदैन । त्यसैगरी तपाईंको घरको उत्तर पूर्वको कुना काटिएको छ भने पनि यसले उन्नति प्रगति रोक्छ र सन्तान र धन प्रापि्तमा पनि बाधा हाल्छ ।

स्वास्थ्य र धनको कमी
ईशान कोणमा घरको सिँढी छ वा बनाउन लाग्नु भएको छ भने यसले तपाईंको स्वास्थ्यमा समस्या उत्पन्न गर्छ । साथसाथै धन पनि क्षय हुँदै जान्छ । तपाईं जति पैसा कमाउनु हुन्छ त्यति खर्च हुँदै जान्छ । यदि तपाईंले ईशान कोणमा सिढी बनाइ नै सक्नुभएको छ भने यहाँ घोडाको नाल राखिदिनुस्, समस्या कम हुन्छ ।
खुल्ला ईशान कोण
वास्तुका हिसाबले यदि तपाईं जीवनमा नाम र प्रसिद्धी कमाउन चाहानुहुन्छ भने ईशान कोण खुल्ला छाड्नुपर्छ । यो ठाउँ खुल्ला भयो भने हावा मज्जाले छिर्न सक्छ र यसले ईचि्छत नाम दिन्छ ।
ईशान कोणमा तुलसीको मठ
घरमा सुख शानि्त र समृदि्धका लागि ईशान कोणमा तुलसीको बिरुवा राख्नु उत्तम मानिन्छ । यसरी राखिएको तुलसीमा हरेक दिन पानी हाल्ने र बत्ती बाल्ने हो भने कहिलै पनि पैसाको कमी हुँदैन । तुलसीसँगै तपाईंले अरु पूmल पनि रोप्न सक्नुहुन्छ जसले तपाईंलाई सदा धनवान बनाउँछन् ।
ट्वाइलेट कहाँ बनाउने ?
यदि तपाईंको घरमा दीर्घ रोगी छन् भने विचार गर्नु तपाईंको ट्वाइलेट ठीक ठाउँमा छैन । यदि तपाईंको ट्वाइलेट यही ईशान कोणमा बनेको छ भने यही तपाईंको समस्याको मुख्य कारण हो । ईशान कोण माथि नै भनियो, देवी देवताको स्थान हो । भगवान राख्ने ठाउँमा तपाईंले मल मूत्र राख्नु भो त्यसले कदापि इचि्छत फल दिँदैन । तपाईंलाई दीर्घ रोगी बनाउँछ ।