जाडोमा घर कसरी न्यायो बनाउने ?

२०७८ फागुन २ गते ५:३१

जाडोमा हामी बाहिर हिँड्दा लुगाको जोहो गर्छौँ । बस्दा पनि सकभर तातो लुगा लाएर नै बस्छौँ । खानामा पनि गेडागुडी र माछा मासु खाना जोड गर्छौँ । तर त्योबाहेक पनि थुप्रै ध्यान दिनुपर्ने कुराहरू हुन्छन् जसलाई ध्यान दिन सकियो भने कमसेकम घर बस्दा स्यिऊ स्यिऊ गरेर बस्नु पर्दैन । हामीले वुद्धि पुर्यायौँ भने आफू बस्ने कोठा नै न्यायो पार्न सक्छौँ त्यो पनि कम खर्चमा ।

इन्टेरियर डिजाइनर तृप्ति महर्जनका अनुसार जाडोमा घरलाई न्यानो बनाउन विशेष किसिमको लुक्स दिन जरुरी छ । त्यसका लागि झ्याल वा ढोकामा डबल ग्रेडिङ गर्नुपर्छ । यसमा दुईवटा सिसा राखिएको हुन्छ । एउटा सिसा राखेपछि अर्को सिसाबीच थोरै ग्याप राखिएको हुन्छ । भित्ताबाट चिसो आउने भएकाले वाल फर्म राख्न सकिन्छ । फल्स सिलिङ पनि कोठालाई न्यानो बनाउने राम्रो उपाय हुनसक्छ । भुइँबाट चिसो आउने भएकाले पछिल्लो समय कोरियन प्रविधिको हिटिङ लोरिङ सिस्टम बजारमा उपलब्ध छ । यो सिस्टमअन्तर्गत विद्युतीय सामग्री पार्केटिङ मुनि ओछ्याइन्छ । जुन ठाउँ खुल्ला छ त्यहाँ यो उपयोगी हुन्छ । यसले भुइँलाई न्यानो बनाइराख्छ । त्यस्तै झ्याल र ढोकामा युभी÷भिसी लगाउन सकिन्छ । यसले चिसो हावा आउन दिँदैन । साथै यो साउन्ड प्रुफ पनि भएकाले बाहिरबाट आउने अनावश्यक ध्वनिलाई पनि रोक्छ । यी र यस्तै अन्य उपाय अपनाएर कोठालाई न्यानो बनाउन सकिन्छ । केही उपाय यहाँ प्रस्तुत छन् ।

पुरानो स्वेटरको उपयोग
घरमै भएको पुरानो स्वेटरको प्रयोग गरी घरलाई न्यानो लुक्स दिन सकिन्छ । जस्तो, सोफा, लो बेड, डाइनिङ चियर, बेडका लागि कुसन कभर, सिरानीको कभर, फुट म्याट, डेकोरेसन पिस, स्टुल कभर आदि बनाउन सकिन्छ । पछिल्लो समय हातले बुनेको कभर निकै चलेको छ । यसरी विभिन्न डिजाइनमा बुनेर सजाउन सकिन्छ ।

रंगको प्रयोग
मौसम परिवर्तन हुने बित्तिकै घरमा नयाँ रंगरोगन गरिरहनु सम्भव हुँदैन । तर, कुनै एक भित्तामा वा थोरै हिस्सामा रंग लगाएर घरलाई न्यानो लुक दिन सकिन्छ । सुन्तले, रातो, चकलेटी, नीलो, पहेंलो आदिगाढा रंग पनि प्रयोग गर्न सकिन्छ । यी रंगले न्यानो महसुस गराउँछन्  । भित्ताको रङसँग कुसन कभरको कन्ट्रास्ट गर्दा न्यानो महसुस हुनुका साथै कोठा पनि आकर्षक देखिन्छ ।

उचित फेब्रिक
मौसमअनुसार फेब्रिकको छनोट जरुरी हुन्छ । यो मौसममा पर्दा, बेडसिट, कुसन कभर आदि बाक्ला फेब्रिकको हुनुपर्छ । भेल्भेट र मखमल फेब्रिकका कुसन कभर जाडो मौसमका लागि उपयोगी हुन्छन् । तिनका अतिरिक्त कस्मिरी कढाई राख्न सकिन्छ । साथै सुन्तला रंग, रातो, बैजनी रंगको एक्सेसरिजको प्रयोग गर्न सकिन्छ ।

कुसन कभर
बेड वा सोफामा भिन्न–भिन्न रंगका कुसन राखेर घरलाई न्यानो लुक दिन सकिन्छ । यी कुसनले कोठालाई आकर्षक पनि देखाउँछन् । गर्मी महिनामा उज्यालो र हल्का फेब्रिकको कुसन प्रयोग गरिन्छ भने जाडोमा गाढा र बाक्लो फेब्रिकको कुसन कभर प्रयोग गरिन्छ । भेल्भेट वा फर भएको कुसन कभर घरलाई न्यानो लुक दिन उचित हुन्छ भने वुलनको कुसन कभर पनि पछिल्लो समय चल्तीमा छ । पुरानो स्वेटर वा बुनेर कुसन कभर बनाउन सकिन्छ ।

गलैंचाको प्रयोग
जाडोयाममा भुइँ एकदमै चिसो हुन्छ । जाडोबाट बच्नका लागि घरलाई न्यानो र सुन्दर बनाउन गलैंचा ओछ्याउन सकिन्छ । बजारमा हरेक आकार, डिजाइन र रंगका गलैंचा उपलब्ध छन् । पूरै घरमा सम्भव नभए पनि कुनै एक ठाउँ जहाँ धेरै समय बिताइन्छ, त्यहाँ ओछ्याउन सकिन्छ ।

कार्पेटिङ
भुइँको चिसोबाट बच्न बाक्लो कार्पेट ओछ्याउन सकिन्छ । कार्पेटको छनोट गर्दा कोठाको रङसँग मिल्ने हुनुपर्छ । वुलनको लोर म्याटले पनि घरलाई न्यानो र सुन्दर देखाउँछ ।

पार्केटिङ
बैठक कोठा, भ¥याङमा कार्पेट ओछ्याउनुभन्दा पार्केटिङ गर्न सकिन्छ । यसले घरलाई न्यानो बनाउनुका साथै कलात्मक देखाउँछ । पार्केटिङले कोठालाई प्राकृतिक लुक दिन्छ । यो सफा गर्न पनि सजिलो हुन्छ ।

प्रिन्टेड पर्दा
जाडो मौसममा सुती वा पारदर्शी पर्दा हटाएर बाक्लो पर्दा लगाउनुपर्छ । पातलो पर्दामा हावा छिर्ने भएकाले कोठा चिसो हुन्छ । कोठालाई आकर्षक लुक देखाउन बाक्लो पर्दामा फूलबुट्टा भएको वा प्रिन्टेड पर्दाको छनोट गर्न सकिन्छ । त्यस्तै गाढा रंगको पर्दाले कोठालाई न्यानो बनाउँछ ।

मैनबत्तीको प्रयोग
डाइनिङ टेबल वा बैठक कोठाको सेन्ट्रल टेबलमा विभिन्न डिजाइनका वासनादार मैनबत्ती राख्न सकिन्छ । साँझ मैनबत्ती बाल्दा कोठा सुन्दर मात्र होइन न्यानो पनि हुन्छ ।

बिरुवा रोप्ने
एरिका पाम वा क्रिसमस ट्री जस्ता ठूल्ठूला बिरुवा राम्रा गमलामा रोपेर कोठाको कुनै एक कुनामा राख्न सकिन्छ । त्यसमा रंगीबिरंगी बत्तीले सजाउँदा निकै सुन्दर देखिन्छ । यस्तो बत्तीले न्यानो महसुस गराउँछ । त्यस्तै, सयपत्री, पिटुनिया आदि रंगीबिरंगी फूलले घरलाई सुन्दर देखाउँछन् ।