घर बनाउन के के चाहिन्छ ?
तपाईं हामीले घर बनाउने बारे सोचेका छौँ भने सामान्यतया हाम्रो ध्यान जान्छ, सिमेन्ट बालुवा, ईंटा, छड आदिमा । तर घर बनाउन सिमेन्ट, बालुवा या छड भएर मात्र पुग्दैन । थुप्रै कुरा चाहिन्छ । घर पछिल्लो समय प्रतिष्ठाको सूचकसमेत बन्दै गएकाले यसरी बनाउने घरमा कस्ता सामान प्रयोग गर्ने भन्ने पनि बेग्लै चासोको विषय रहने गरेको छ । बजारमा ईंटा सस्ता पनि पाइन्छन् महंगा पनि । त्यस्तै अवस्था सिमेन्टको पनि छ । अझ खास प्रतिस्पर्धा त आन्तरिक सजावटमा देख्न पाइन्छ । घर सजाउन चाहिने सामान चाइनिज हाल्ने कि युरोपियन धेरैको टाउको दुखाइको विषय बन्ने गरेको छ । अहिलेचाहिँ हामी घर बनाउन नभई नहुने मूल कुराहरु के के हुन् त्यो हेरौँ ।
घर बनाउन चाहिने सामानको सूची
१. सिमेन्ट
२.ईंटा
३.छड
४. गिट्टी ÷बालुवा
५.गिट्टी
६.काठ
७. पाइप
८.इलेक्टि्रक तार तथा सि्वच
१. सिमेन्ट
सिमेन्ट कंकि्रटका लागि नभई नहुने वस्तु हो । जब सिमेन्टमा गिट्टी बालुवा र पानी मिसाइन्छ यो कंकि्रट बन्छ र सुकेपछि यो ढुंगाजस्तै कठोर बन्छ । यसरी बनेको कंकि्रटले दुईटा ईंटालाई चुम्बक झैँ जोड्छ र यसरी नै घरको पर्खाल तथा छत तयार हुन्छ । सिमेन्टमा धेरै गुणस्तर हुन्छन् जस्तो ओपीसी (अर्डिनरी पोर्टलैंड सिमेन्ट), पीपीसी (पोर्टलेन्ड पोजोलाना सिमेन्ट) ५३, ४३ ग्रेड सिमेन्ट आदि । घ् बनाउँदा प्रयोग गर्ने सिमेन्ट राम्रो गुणस्तरको हुन जरुरी छ ।
सिमेन्टको बजार मूल्य ७०० देखि १ हजारसम्म (५० केजी)
२. ईंटा
घर बनाउने तयारी गर्दा सबैभन्दा पहिले दिमागमा आउने चिज हो ईंटा । घर बनाउने कुराको सुरुवात नै ईंटाबाट हुन्छ । तर कति नम्बरको ईंटा प्रयोग गर्ने यो तपाईंको बजेट र तजबिजमा भर पर्छ । आजभोलि बजारमा तीन प्रकारका ई.टा प्रयोग भएको देख्न सकिन्छ, जस्तो माटोका ईंटा, फ्लाई एसको ईंटा र अर्को कंकि्रटको ईंटा । ईंटाको स्ट्यान्डर्ड साइज लम्बाइ, चौडाइ ,उचाइ क्रमशः १९०,९०,९० एमएम हुन्छ तर बजारमा घटबढ आकारमा यस्ता ईंटा पाइन्छन् ।
ईंटाको बजार मूल्य ः १० देखि २० रुपैयाँ
३. छड
छड एक मिश्र धातु हो जसमा सबैभन्दा धेरै मात्रा आयरनको हुन्छ । यसको उपयोग पिल्लर, छत, बिम उठाउन प्रयोग गरिन्छ । हाम्रो जस्तो भूकम्पको जोखिम भएको भूगोलमा छडले धेरै रोकथाम गर्न सक्छ । छड लगाउँदा घर अलिकति महंगो पर्न जान्छ तर यो विना तपाईं बलियो घरको कल्पना गर्न सक्नुहुन्न ।
छड ४१५ ग्रेड, ५०० ग्रेड र ५५० ग्रेडमा उपलब्ध हुन्छन् ।
छडको मूल्य ः १०० देखि १ सय ५० प्रतिकेजी
४. गिट्टी \बालुवा
बालुवा प्राकृतिक रुपमा उपलब्ध हुने वस्तु हो तर बढ्दो जनघनत्व र परिवारको बिखण्डीकरणले यो दिनानुदिन अप्राप्य हुँदै गएको छ । यसमा ढुंगाका साना साना कण पाइन्छन् जसलाई सिमेन्टमा मिसाएर कंकि्रट बनाइन्छ र घर निर्माणमा प्रयोग गरिन्छ । गिट्टी पनि ढ्ंगाकै अंश हुन् जुन बालुवाभन्दान स्वरुपमा अलि ठूला हुन्छन् । घर बनाउने सवालमा गिट्टीको प्रयोग खास गरी पिल्लर तथा छत ढलानका लागि गरिन्छ ।
मूल्य ः २५ सय देखि ३५ सयसम्म प्रतिटन
५. काठ\प्लाईबोर्ड
प्हिला पहिला घर बनाउन काठको नै धेरै प्रयोग हुन्थ्यो । दु्ई तल्लासम्मका घर बन्थे जहाँ लगभग सबैठाउँमा काठको प्रयोग हुन्थ्यो । तर सिमेन्टको आविष्कार र बन जंगलको विनाशसँगै काठ महंगियो र मानिसहरु सिमेन्टका घर बनाउन थाले । तर अहिले पनि झ्याल ढोकामा लागि मानिसले काठकै प्रयोग गर्दै आइरहेका छन् । बलियो झ्याल ढोका राख्न चाहानेले आफैँ साइज दिएर मिस्त्रीलाई बनाउन लगाउँछन् नत्र भने बजारमा तयारी झ्याल ढोका पनि पाइन थालेको छ ।
६.पाइप
घरसँगसँगै आजभोलि पाइपको बारेमा पनि सोच्नुपर्ने हुन्छ । बाथरुम, किचेनदेखि अन्य प्रयोगका लागि पनि पानी चाहिन्छ र आधुनिक घर निर्माणको प्रचलनसँगै यस्ता पाइप कोठा कोठामा चोटा चोटामा पुर्याउनुपर्ने बाध्यता छ । धारा तथा ढलका लागि जीआई वा पीभीसी पाइपको प्रयोग गरिन्छ भने ट्वाइलेटमा पीभीसी सेरामिक वा सि्टलको पाइप प्रयोग गर्न सकिन्छ ।
७. इलेकि्ट्रकल तार
घरको पंखा, बल्ब, सि्वच तथा अन्य उपकरणका लागि तारको वायरिंग गरिन्छ । सामान्य घरका लागि १४ गेजको कपर वायरको प्रयोग हुन्छ भने व्यवसायिक बिलि्डंगका लागि योभन्दा माथ्लो गुणस्तरको तार प्रयोग हुन्छ ।
माथि भनेबाहेक घर बनाउँदा टायल्स आदिको पनि प्रयोग हुन्छ तर यस्तो कुराको छनौट घरको बजेट अनुसार हुन्छ ।
सम्बन्धित
ताजा अपडेट
-
महानगरपालिकाका ३२ वटै वडामा मौलिकता झल्किने, परम्परागत नेपाली शैली र एकै स्वरुपका भवन
-
देशभर करिब १२ हजार घरपरिवारलाई लालपूर्जा वितरण
-
घर बनाउदा ध्यान दिनु पर्ने वास्तु सम्बन्धी १७ तथ्य
-
वडाध्यक्षले भत्काए गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गरी बनाइएको ड्रेन
-
राष्ट्रिय पुस्तकालय भवन बनाउन खुल्यो टेन्डर