बबरमहलमा खानेपानीकाे पाइप फुट्नुमा आफ्नाे गल्ति रहेकाे विद्युत प्राधिकरणद्वारा स्वीकार


काठमाडा । बबरमहल क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले तारलाइ भूमिगत बनाउने क्रम तिब्र बनाइरहेकाे थियाे । त्यहि बेला बुधवार एक्कासी मेलम्ची खानेपाली आयाेजनाकाे पाइप फुट्दा बबरमहल क्षेत्र दिनभर तनाबग्रस्त बन्याे । बन पैदावर परिसर आसपास सेवाग्राही, सर्वसाधारण । यात्रूहरू समस्यामा परे । याे घटना कसरी भयाे भन्ने बारे धेरैलाइ जिज्ञाशा थियाे । मेलम्ची आयाेजनाले भने आफ्नाे कामकाे गुणस्तरमा प्रश्न नगर्न भन्दै यसकाे दाेषि विद्युत प्राधिकरण रहेकाे बतायाे ।
हुन पनि प्राधिकरणले भूमिगत तार बिछ्याउँदा गल्ति भएकाे पाइयाे । मेलम्ची आयाेजनाले सार्वजनिक गरेकाे विज्ञप्तीमा उक्त काम गर्ने क्रममा पाइलट ड्रिलिङपछि रिमिङ गर्दा असावधानीवस पाइपलाइनमा क्षति पुगेको विद्युत् प्राधिकरणले स्वीकार गरेको बताइएकाे छ ।उक्त विद्युत् भूमिगतको काम निर्माण कम्पनी के.ई.आईले गरिरहेको छ । विद्युत् प्राधिकरणले गरिरहेको विद्युत्लाइन भूमिगतको काम कम्पनीका सुपरभाइजर अविनाश कुमारले आफूहरूकै गल्तीका कारण पाइपलाइनमा क्षति पुगेको स्वीकार गरेको केयूकेएलका आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिएका छन् ।
‘वन परिसर अगाडिको सडकमा विद्युतलाइन भूमिगत गर्नका लागि पाइलट ड्रिलिङ पश्चात् रिमिङ गर्दा असावधानिवस मेलम्चीको उक्त पाइपलाइनमा क्षति पुगेको निर्माण कम्पनी के। ई. आई.का सुपरभाइजर अविनाश कुमारले स्वीकार गर्नुभएको छ,’ श्रेष्ठले विज्ञप्ति जारी गर्दै बताएका छन् ।
जी.आई.एस. म्यापलाई बेवास्ता गरी कार्य गर्दा पाइप फुटेर क्षति भएको आयोजनाले जनाएको छ ।

सम्बन्धित
ताजा अपडेट
-
वीरगञ्जको औद्योगिक करिडोरमा विद्युत् आपूर्ति सुधार गर्न तीन सबस्टेसन निर्माण गरिँदै
-
भाेजपुरमा म्याद सकिनुअघि नै बन्यो एखुवा खोलाकाे पक्की पुल
-
भौतिकमन्त्री देवेन्द्र दाहाल अमेरिकाकाे कार्यक्रम सकेर स्वदेश फिर्ता
-
क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माण गरिँदै
-
बुटवल नारायणघाट सडक निर्माणले गति लियो