किमाथाङ्का सडकमा सांसदहरुको चासाे
राष्ट्रिय सभाका ६ सांसदहरुले गरे स्थलगत निरिक्षण


काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले किमाथाङ्का सडकको अनुगमन गरेका छन्। राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति र सदस्यहरूले कोशी करिडोरको सडक अनुगमन गरे ।
समिति सभापति सोनाम गेल्जेन शेर्पा, सदस्यहरू किरणबाबु श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, दुर्गाकुमारी गुरुङ, मनरुपा शर्मा र राजेन्द्रलक्ष्मी गैरेसहित समितिका कर्मचारीहरू उपसचिव सरस्वती मरहठ्ठा र शाखा अधिकृत नारायणबहादुर कार्की सडक अनुगमन निस्किएका हुन् ।
उनीहरूले खाँदबारी– किमाथाङ्का सडकअन्तर्गत भोटखोला गाउँपालिका–४ बरुण बजारसम्म सडक निर्माणको अवस्थाबारे जानकारी लिए। खाँदबारीबाट ८० किमी दूरीमा रहेको बरुण खोलासम्म सडक अनुगमन गरेका थिए । बरुण बजार भन्दा माथि किमाथाङ्का सम्म पुग्न सडकको अवस्था राम्रो नभएकाले बरुण खोलासम्म मात्रै अवलोकन गरेको बताइएको छ ।
कुल १ सय ६२ किलोमिटर रहेको खाँदबारीदेखि किमाथाङ्का सम्म सडक निर्माणाधीन अवस्थामा छ ।
सरकारले २०६६ देखी उत्त निर्माण थालेको भए पनि गत माघ १ गते मात्रै सडक छिचोलिएको हो ।

सम्बन्धित
ताजा अपडेट
-
वीरगञ्जको औद्योगिक करिडोरमा विद्युत् आपूर्ति सुधार गर्न तीन सबस्टेसन निर्माण गरिँदै
-
भाेजपुरमा म्याद सकिनुअघि नै बन्यो एखुवा खोलाकाे पक्की पुल
-
भौतिकमन्त्री देवेन्द्र दाहाल अमेरिकाकाे कार्यक्रम सकेर स्वदेश फिर्ता
-
क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माण गरिँदै
-
बुटवल नारायणघाट सडक निर्माणले गति लियो