विकास निर्माणका काममा हामीले फराकिलो भएर सोच्नुपर्छः उपप्रधानमन्त्री सिंह


कञ्चनपुर । प्रधानमन्त्री प्रकाशमान सिंहले विकास निर्माणका काममा हामीले फराकिलो भएर सोच्नुपर्ने बताएका छन् । सहरी विकासमन्त्री समेत रहेका सिंहले जनताको चाहना पूर्वाधार विकास भएको भन्दै विकास निर्माणमा दलहरू मिलेर काम गर्नुपर्ने बताएका हुुन् ।
सहरी विकास मन्त्रालय अन्तर्गतको सघन सहरी विकास कार्यक्रमअन्तर्गत कञ्चनपुर बेलौरी नगरपालिकामा एकीकृत सहरी विकास कार्यक्रमका विभिन्न योजना उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले पूर्वाधार विकासका कामहरू गरेर जनतालाई सेवा सुविधा दिनुपर्नेमा आफ्नो जोड रहेको बताए ।
मन्त्री सिंहले राजनीतिक व्यवस्था बदल्ने आन्दोलनमा सबै दलहरू मिलेको चर्चा गर्दै विकास निर्माणका काममा पनि दलबीच एकता जरुरी रहेको बताए ।
‘जनताले सेवा सहज होस् भन्ने चाहेको छ । स्थानीय, प्रदेश र संघ सबै तहका सरकारले पूर्वाधार विकासमा काम गर्नुपर्यो भन्ने जनचाहना छ ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘विकास निर्माणका काममा हामीले फराकिलो भएर सोच्नुपर्छ भन्ने मलाई लागेको छ । चुनावको बेलामा पार्टीहरूले आफ्नो एजेन्डा अलग्गै लिएर जनतामा गए पनि विकासका काममा सबै दलहरू मिलेर काम गर्नुपर्छ । मिलेर काम गर्ने संस्कृतिको विकास गर्नुपर्छ ।’
उनले विकासका लागि राजनीतिक स्थिरता आवश्यक पर्ने भएकोले अहिले नेपाली कांग्रेस र नेकपा एमालेसहित अरू दलहरूलाई पनि मिलाएर सरकार बनेको बताए ।

सम्बन्धित
ताजा अपडेट
-
वीरगञ्जको औद्योगिक करिडोरमा विद्युत् आपूर्ति सुधार गर्न तीन सबस्टेसन निर्माण गरिँदै
-
भाेजपुरमा म्याद सकिनुअघि नै बन्यो एखुवा खोलाकाे पक्की पुल
-
भौतिकमन्त्री देवेन्द्र दाहाल अमेरिकाकाे कार्यक्रम सकेर स्वदेश फिर्ता
-
क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माण गरिँदै
-
बुटवल नारायणघाट सडक निर्माणले गति लियो