घ्याम्पेसाल–पाँचखुवा देउराली–ताकुकोट सडक कालोपत्र गर्न थालियो

ट्रयाक खुलेको २० वर्षपछि सडक कालोपत्र हुदै, स्थानीयहरु उत्साहित

Nepal Nirman
२०८१ चैत २१ गते ६:३९

गोरखाकाे बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । घ्याम्पेसाल–पाँचखुवा देउराली–ताकुकोट सडक कालोपत्र गर्न सुरु गरिएको हो । ८ दशमलव ६३८ किलोमिटर सडक कालोपत्र सुरु भएको पूर्वाधार विकास कार्यालयले जानका दिएको छ ।

सडक निर्माण गर्न एमरएस विरुवा वाइबा एन्ड लामा जेभीले २०७७ साउन १४ गते २९ करोड ७७ लाख २० हजारमा ठेक्का सम्झौता गरेका थिए ।
सात मिटर चौडाई र एक मिटरको नालासहितको सडक निर्माण भइरहेको छ । भने नाला निर्माण, ग्याबिन वाल, मेसिनरी वाल लगाउने काम सम्पन्न भइसकेको छ । २०६३ मा ट्रयाल खुलेको यो सडक कालोपत्र गर्न थालेसँगै स्थानीयहरु हर्षित भएका छन् ।