सहज बन्दै बुटवल- नारायणगढ सडक, पूर्वी खण्डमा ५० किलोमिटर कालेपत्र सम्पन्न

नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्म एकतर्फी ५० किलोमिटर कालेपत्र सम्पन्न भएको छ । पूर्वीखण्ड अन्तर्गत कुल ६३ किलोमिटर मध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र गरिएको हो । लामो समयदेखि लक्ष्य अनुसारको काम नभएको नारायणगढ–बुटवल सडक निर्माणले पछिल्लो समय तीब्रता पाएको छ ।
पूर्वी खण्डको बाँकी १३ किलोमिटर सडक आउँदो वर्षा अघि नै पूरा गर्नेगरी तीव्र गतिमा काम भइरहेको छ ।

२०७५ माघ २४ गते सम्झौता भएर निर्माण अघि बढेको यो सडकमा वर्षौदेखी यात्रुले कष्टपुर्ण यात्रा गर्दै आइरहेका थिए । कसल १ सय १३ किलोमिटर लम्बाई रहेको यो सडक २ दुई खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ । २०७९ साउन २२ गते सडक विस्तारको काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर निर्माण कम्पनी चाइना स्टेट कर्पोरेसनले लक्ष्य अनुसारको काम गर्न नसके पछि पटक पटक म्याद थप हुदै आएको छ । सरकारले तेस्रो पटक थपेको म्याद समेत आगामी २०८२ साउन ८ गतेसम्म तोकिएको छ । तेस्रो पटक थप गरिएको समयमा समेत निर्माण सम्पन्न हुने सम्भावना न्यून देखिन्छ ।

३ कराेडमा बन्याे धनकुटाकाे महालक्ष्मीस्थित लेगुवा खाेलाकाे पुल

भोजपुर  । पूर्वाधार विकास कार्यालयअन्तर्गत धनकुटाको लेगुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । तीन करोड २१ लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो ।

लामो समयदेखि खोलामा पुल नहुँदा स्थानीयले समस्या झेल्दै आएका थिए । लेगुवा खोलामा कोशी प्रदेश सरकारको तीन करोड २१ लाख रुपैयाँको लागतमा २२ मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले जानकारी दिए ।

‘लेगुवा खोला पक्की पुल निर्माण सम्पन्न गरेका छौँ’, प्रमुख रेड्डीले भने, ‘यहाँका स्थानीयको समस्यालाई ध्यानमा राखेर पुल निर्माण कार्यलाई प्राथमिकताका साथमा अघि बढाएका थियौँ, पुल सञ्चालनमा आएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ ।’

पुल निर्माणले स्थानीयको जनजीवनमा सहजता थपिएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायाले बताए । वडा नम्बर २ र ३ लाई जोड्ने लेगुवा खोलामा पुल बनेपछि नगरपालिका केन्द्रसम्म पुग्ने दूरी छोटिएको प्रमुख रायाको भनाइ छ ।

पुल निर्माण सम्पन्न भएपछि सवारी आवतजावत सुरु गरिएको छ । धेरै समस्याका बीच पुल तोकिएको मापदण्डअनुसार निर्माण सम्पन्न गरेको निर्माण कम्पनी मार्सेली, युडी जेभीका प्रतिनिधि उत्तम खड्काले बताए ।

खोलामा पक्की पुल नहुँदा सङ्खुवासभा जिल्ला घुम्नुपर्ने बाध्यता रहेकामा अहिले सहजता भएको स्थानीय पुष्प कार्कीले बताए । पुल बनेपछि जोखिम मोलेर खोला पार गर्नुपर्ने अवस्थाको अन्त्य भएको उनको भनाइ छ ।

नेपालका पुल मर्मत गर्न विश्व बैंकबाट साढे २० अर्ब स्वीकृत

काठमाडौं । नेपालमा तेस्रो ‘ब्रिज इम्प्रुभमेन्ट एन्ड मेन्टिनेन्स प्रोग्राम’ का लागि विश्व बैंकले १५ करोड अमेरिकी डलर (साढे २० अर्ब रुपैयाँ हाराहारी) सहायता स्वीकृत गरेको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड डलर बराबरको प्याकेज अनुमोदन गरेको बैंकले जनाएको छ ।

पुल मर्मत तथा स्तरोन्नतिका माध्यमबाट नेपालको विविध चूनौतीपूर्ण भेगमा सुरक्षित र निर्वाध सम्पर्क स्थापित गर्ने विश्व बैंकले जनाएको छ ।

यो कार्यक्रम सडक विभागबाट कार्यान्वयन हुने समेत जनाइएको छ । माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले यस कार्यक्रमले नेपालको दीगो विकासमा सहयोग पुग्ने बताए ।

वीरगञ्जको औद्योगिक करिडोरमा विद्युत् आपूर्ति सुधार गर्न तीन सबस्टेसन निर्माण गरिँदै

काठमाडौं । वीरगञ्जकाे औद्योगिक करिडोरमा विद्युत् आपूर्ति सुधार गर्न तीन सबस्टेसन निर्माणकाे कार्य अन्तमि चरणमा पुगेकाे छ ।  बारा र पर्सा जिल्लास्थित  र आम उपभोक्ताको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन १३२ केभी क्षमताका तीनवटा सबस्टेसनहरुको निर्माण कार्य सकिन लागेकाे अमलेखगञ्ज सबस्टेशन केन्द्रले जानकारी दिएकाे छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन गरी सबस्टेसन र प्रसारण लाइन निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।

वीरगञ्ज क्षेत्रको विद्युत् माग एवं आपूर्ति व्वस्थापन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेसन महत्वपूर्ण रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो अवस्थामा संवेदनशील र जिम्मेबार भएर निर्धारित समयमै काम सम्पन्न गर्न आग्रह गरे ।

पथलैया–सिमरा–वीरगञ्ज औद्योगिक करिडोरको विद्युत् आपूर्तिको समस्या समाधान र बढ्दो माग पूर्ति गर्न अमलेखगञ्ज १३२/६६ केभी सबस्टेसन तयार भएको छ । उक्त सबस्टेसनमा रहने अधिकांश मुख्य उपकरणहरु जडान भइसकेका छन् । अमलेखगञ्ज सबस्टेसनलाई आगामी जेठको दोस्रो साता (मे २०२५)भित्र सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका कामहरु भइरहेका छन् ।

पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनमध्ये एउटा सर्किटलाई अमलेखगञ्ज सबस्टेसन भित्र छिराउने (लुप इन) र बाहिर निकाल्ने (लुप आउट) गर्ने काम सकिएको छ । त्यस्तै हेटौंडाबाट सिमरा–वीरगञ्ज औद्योगिक करिडोरमा विद्युत् आपूर्ति गर्ने ६६ केभी लाइनको दुवै सर्किटलाई सबस्टेसनमा लुप इन र लुप आउट गरिसकिएको छ । हेटौंडाबाट गएको ६६ केभी लाइन लामो र क्षमता कम हुँदा सिमरा–वीरगञ्ज औद्योगिक करिडोरमा भोल्टेजको समस्या थियो ।

६६ केभी लाइनको लम्बाइ पनि घट्ने र १३२ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्तिको स्रोत हुने भएपछि अमलेखगञ्ज सबस्टेसन सञ्चालनमा आएपछि सिमरा–वीरगञ्ज औद्योगिक करिडोरको विद्युत् आपूर्तिमा सुधार हुने बताइएको छ । सबस्टेसनमा १३२/६६ केभी २०० एमभिए र ६६/११ केभी २० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरु रहेका छन् । स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ११ केभीका ६ वटा फिडर रहने छन् ।

 

भाेजपुरमा म्याद सकिनुअघि नै बन्यो एखुवा खोलाकाे पक्की पुल

भाेजपुर । एखुवा खोला पक्की पुल निर्माणको काम सम्झौता अवधिभित्र सम्पन्न भएको छ।

भोजपुरको हतुवागढी हसनपुर–९ र आमचोक गाउँपालिका–८ जोड्ने यो पुल कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरको सात करोड ३७ लाख लागतमा निर्माण गरिएको हो। एक स्पानमा निर्माण भएको पुलको लम्बाइ ३७ मिटर रहेको छ ।

विसं २०७९ चैतदेखि निर्माण सुरु भएको यो पुलको निर्माण अवधि दुई वर्ष रहेको थियो। एखुवा खोला पक्की पुल निर्माण समय अवधिभित्र नै सम्पन्न भएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए। पुल निर्माण सम्पन्न भएपछि सवारी आवतजावत सुरुआत गरिएको छ।

‘एखुवा खोला पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ,’ प्रमुख रेड्डीले भने, ‘पुल सम्झौता अवधिभित्र नै निर्माण सम्पन्न भएको छ । स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर निर्माणको कामलाई तीव्रता दिइएको हो । पुल बनेसँगै स्थानीयलाई सहजता थपिएको अवस्था छ । पुलबाट सवारी आवतजावत सुरु भएको छ।’

यो पुल ओपन फाउन्डेसन एक स्पानमा निर्माण गरिएको प्रादेशिक सडक, पुल आयोजना कोशी प्रदेशका संयोजक सूर्यनारायण चौधरीले बताए।

पुल गुणस्तरीय ढङ्गले निर्धारण गरिएको मापदण्डअनुसार निर्माण भएको उनको भनाइ छ। खोलाको पानीको बहावलाई ख्याल गरेर पुल निर्माण गरिएको जनाइएको छ।

पुल बनेपछि दक्षिणी क्षेत्रका नागरिकलाई आवतजावतमा सहजता भएको हतुवागढी–९ हसनपुरका वडाध्यक्ष सञ्जाल राईले बताए। पुल निर्माण भएर सञ्चालनमा आएपछि यहाँका स्थानीयवासीको वर्षौंदेखिको समस्या अन्त्य भएको उनको भनाइ छ।

‘यो खोलामा पुल बनेपछि स्थानीयको वर्षौंको समस्या अन्त्य भएको छ,’ वडाध्यक्ष राईले भने, ‘पुल नहुँदा धेरै जोखिम थियो । बाढी आएको बेला खोला पार गर्ने अवस्था थिएन । पुल निर्माणले हतुवागढी र आमचोक गाउँपालिकाका नागरिकलाई  सहजता भएको छ।’

 

-रासस

भौतिकमन्त्री देवेन्द्र दाहाल अमेरिकाकाे कार्यक्रम सकेर स्वदेश फिर्ता

काठमाडौं ।  यातायात सम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागि भएपश्चात भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल स्वदेश फर्किएका छन् ।

अमेरिकाको वासिङ्टन डीसीमा १० मार्चदेखि विश्व वैंकको आयोजनामा ‘ट्रान्सफमिीङ ट्रान्सपोर्टेसन २०२५’ मा भाग लिन उनी २४ फागुनमा अमेरिका गएका थिए ।

दाहाल विश्व वैंकको प्रधान कार्यालयमा ‘सस्टेनेबल ट्रान्सपोर्ट मिनिस्टेरियल राउन्ड टेबुल’ उद्घाटन सत्र तथा ‘ट्रान्सफमिङ ट्रान्सपोर्टेसन’ मा नेपालको नेतृत्व गर्दै सहभागी भएका थिए ।

कार्यक्रममा मन्त्री दाहालले नेपालको भौगोलिक विविधता र पर्यावरणीय दृष्टिकोणको महत्त्व दर्शाउँदै नेपालको सडक सञ्जाल र यातायात विस्तारमा सरकारको प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई प्रष्ट पारे ।

सडक सञ्जाल सुधार र विकासमा सरकारको ध्यान केन्द्रित रहेको बताउँदै उनले ग्रामीण क्षेत्रमा सडक सेवा विस्तार, सवारीसाधनको लागत न्यूनतम राख्ने र छोटा सडक सञ्जाल स्तरोन्नति गर्ने योजना प्रस्तुत गरेका थिए ।

मन्त्री दाहाल अमेरिकास्थित नेपाली दूतावासमा आयोजित भेटघाट तथा अन्तर्क्रियामा पनि सहभागी भएका थिए ।

क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माण गरिँदै

काठमाडाैं । बाढी पहिरोका कारण क्षतिग्रस्त बनेको बिपी राजमार्गको विभिन्न खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिने सरकारले जानकारी दिएको छ ।  यस सडकमा दुई खण्ड पुनर्निर्माणका लागि डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुलीले ठेक्का आह्वान गरेका हुन्  । गत असोजको बाढीले क्षतिग्रस्त बनेको उक्त सडकमा पाँच महिना पछि  पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको हो । गत असोजमा रोशी खोलामा आएको बाढीले रोशीदेखि नेपालथोकसम्मको करिब १३ किलोमिटर सडकमध्ये साढे आठ किमी सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो ।

क्षतिग्रस्त सडक खण्डमध्ये सिन्धुलीतर्फ भने पहिलो प्याकेजका रूपमा गत फागुन २८ गते ‘टेन्डर’ आह्वान गरिएको थियो । यसमा नेपालथोकदेखि वर्षे खोलासम्मको सडक खण्ड पर्नेछ । जसका लागि रु ७२ करोडमा ठेक्का आह्वान गरिएको हो । यसमा सहभागी हुने कम्पनीले रु एक करोड ८२ लाख ५० हजार सुरक्षण राख्नुपर्ने जनाइएको छ । बाँकी क्षतिग्रस्त तीन प्याकेज सडक खण्ड भने काभ्रेपलाञ्चोकमा पर्नेछ ।

काभ्रेपलाञ्चोतर्फको क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि मङ्गलवार पहिलो टेन्डर आह्वान गरिएको हो । यसतर्फको आठ किमी सडक पुनर्निर्माणका लागि रु दुई अर्ब ५० करोड बजेट छुट्याइएको डिभिजन कार्यालयले जनाएको छ । यसमा आवेदन दिने निर्माण कम्पनीले रु ६ करोड ५० लाख ‘सेक्युरिटी’ बापत राख्नुपर्ने जनाइएको छ ।

गत फागुन ६ गते अर्थ मन्त्रालयले बिपी राजमार्ग पुनर्निर्माण गर्न रु आठ अर्ब ५० करोड स्रोत सहमति दिइसकेको छ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर बोलपत्र आह्वान गरिएको डिभिजन सडक कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए। उनका अनुुसार काभ्रेपलाञ्चोकतर्फको बाँकी दुई टेन्डर पनि भक्तपुर कार्यालयले क्रमशः आह्वान गर्नेछ ।

सिनियर डिभिजनल इन्जिनियर योगेशका अनुसार दुई वर्षमा निर्माण सक्ने गरी तयारी भइरहेको छ । ठेक्का आह्वान गरिएका सडक खण्डमा ३० दिनसम्ममा आवेदन दिन सकिने छ ।

बुटवल नारायणघाट सडक निर्माणले गति लियो

बुटवल । राष्ट्रिय गौरवको आयोजना नारायणगढ–बुटवल सडक खण्ड विस्तारले गति लिएको छ । विगतमा निर्माण सुस्ताइरहेको अवस्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको ताकेताका कारण निर्माणले गति लिएको हो । कुल १ सय १३ किलोमिटर रहेको यो सडक २ खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने गैँडाकोट–दाइउन्नेलाई पहिलो र दाउन्ने–बुटवल  सडक खण्डलाई दोस्रो खण्डमा विभाजन गरेर निर्माण थालिएको थियो ।
नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्ड अन्तर्गत गैँडाकोट दाउन्ने खण्डमा ५८ प्रतिशत भौतिक प्रगति रहेको छ । कुल ६५ किलोमिटर रहेको यो खण्डमा एकतर्फी ४५ किलोमिटर कालोपत्र भइसकेको छ ।
नेपालको पहिलो सडक भएका कारण निर्माणमा समस्या आएको सडक विभागको तर्क छ । एकै पटक १ सय १३ किलोमिटर सडकमा डाइभर्सन निर्माण गर्न समस्या भएका कारण निर्माणमा ढिलाइ भएको सडक विभाग अन्तर्गतको एसियाली विकास बैंकका आयोजना निर्देशक चुडाराज ढकाल बताउँछन् ।

‘तोकिएकै समयमा निर्माण सक्न आयोजनाले आफ्नो सयंन्त्रहरुलाई प्रभावकारी परिचालन गरिरहेको छ ।’ ढकालले भने– ‘यो खण्डमा १८ स्थानमा कालोपत्र गर्ने गरी काम भइरहेको छ । यहाँ तीन किलोमिटर पुल र कलभर्ट निर्माण हुनेछ भने आगामी बर्खा अघि गैँडाकोट दुम्कीवासम्म एकतर्फ कालोपत्र गर्ने तयारी छ ।’
निर्माण कम्पनीलाई समयमै निर्माण सक्ने गरी संयन्त्र परिचालन गरिएको नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख अनुक्षा घिमिरे बताउँछिन् ।
४३  महिनामा निर्माण सक्ने लक्ष्य राखिएको भए पनि तत्कालीन समयमा साइट क्लियरेन्स, निर्माण सामाग्रीको अभाव र कोरोना महामारीका कारण लक्ष्य अनुसारको काम गर्न नसकेको निर्माण पक्षको दाबी छ ।
सडक विस्तारमा निर्माण पक्षले लागि ग्रेडर, लोडर, एक्साभेटरसहित १८ स्थानमा  पाँच सय ५० जना श्रमिकले परिचालन गरिएको छ । गैँडाकोटस्थित नारायणी पुल क्षेत्र, डन्डा, सिजी, अरुण खोला बजार क्षेत्रमा कालोपत्रका लागि धमाधम काम भइरहेको छ । दुम्कीबास आसपास करिब आठ किलोमिटर क्षेत्रमा पनि कालोपत्र गर्ने गरी काम भइरहेको परामर्शदाता कम्पनीका प्रतिनिधि उदय ठाकुर बताउँछन् ।
‘कम्पनीले लक्ष्य अनुसारको काम गर्न आफ्नो संयन्त्र परिचालनमा कुनै समस्या छैन ।’ ठाकुरले भने ।


चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कर्पोरेसनले २०७५ माघ २२ गते सरकारसँग सडक निर्माणको सम्झौता भएको थियो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक सत्ताको नेतृत्व गरिरहँदा २०७५ चैत ८ मा सडकको शिलान्यास गरिएको थियो । त्यसयता सरकार फेरिरहे पनि यो सडक निर्माणले कुनै गति लिन सकेको थिएन ।

बुटवल-नारायणगढ सडकखण्ड धमाधम कालाेपत्र हुँदै, सकियाे एकतर्फि ४५ किलाेमिटर(फाेटाे फिचर)

बुटवल । भाैतिक पूर्वाधार तथा यातायात मन्त्रीमा देवेन्द्र दाहाल नियुक्त भएदेखि नै पहल लिइरहेकाे बुटवल-नारायणगढ सडकखण्डकाे काम धमाधम कालाेपत्र भइरहेकाे छ । मन्त्री दाहाललेले तागेता गरेपछि निर्माण कम्पनीले कामलाइ तिव्रता दिएकाे छ । हाल उक्त सडकखण्डकाे ४५ किलाेमिटर सडक एकतर्फि कालाेपत्र सकिएकाे छ । नारायणगढ देखि दाउन्नेसम्मकाे सडककाे लम्बाइ ६५ किलाेमिटर रहेकाे छ ।

दाउन्नेदेखि बुटवलसम्मकाे सडकखण्डकाे काममा ५९ प्रतिशत भाैतिक प्रगति भएकाे छ ।

हेर्नुस्, तस्बिरहरू

ठेक्का सकिने सात महिना अगाडि नै बन्यो पुल

गोरखा । गोरखा जिल्लाको पालुङ्टार नगरपालिका–९ ढुंगेटारीस्थित खारखोला पुल निर्धारित समय समाप्त हुन सात महिना बाँकी छँदै निर्माण सम्पन्न भएको छ। अठार महिनाभित्र सम्पन्न गर्नेगरी गत वर्ष चैतमा ठेक्का सम्झौता गरेको श्रीगणेश अमृत जेभी कम्पनीले गत फागुनमा निर्माण सम्पन्न गरेको हो।

फागुनको पहिलो हप्ताभित्र पुल निर्माणको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताए। सो पुल निर्माणको काम गत वैशाख ५ गतेदेखि आरम्भ भएको उनले जानकारी दिए।

‘वैशाख र जेठमा काम भयो। असारको आधाआधी पनि काम भयो । असार, साउन, भदौ, असोज चार महिना केही पनि काम हुन सकेन,’ उनले भने, ‘कात्तिकपछि लगातार काम गरेर चार महिनामै पुल तयार भयो। अब केही दिनभित्र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।’ समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीका लागि यो गतिलो पाठ भएको छ। अठार महिनामा सम्पन्न गर्ने सम्झौता भए पनि करिब नौ महिनाभित्र काम सम्पन्न गर्नु खुसीको कुरा भएको उनको भनाइ छ।

‘राम्रो काम गर्नेको प्रशंसा गर्नुपर्छ, यहाँ त पाँच वर्षसम्म पनि पुल बन्न नसकेका, कति योजनाको सम्झौता खारेज गर्नुपरेका उदाहरण छन्,’ कार्यालय प्रमुख सुवेदी भन्छन्, ‘तर ढुंगेटारी पुल यति छिटो बन्नु प्रशंसनीय काम हो। यसरी नै सबै योजना बन्ने होभने जिल्लाको विकास तीव्रगतिमा हुन्थ्यो।’

पच्चीस मिटर लामो र ८.४ मिटर चौडाइ रहेको निर्माणाधीन ढुंगेटारीस्थित खारखोला पुलको लागत दुई करोड ७५ लाख रहेको छ।